Kanakai Online

शान्ति, संविधान र समुन्नतिमा सिटौलाको योगदान


आइतवार, कार्तिक २७, २०७९ |

जतिवेला नेपाल चरम द्वन्द्वमा फसेको थियो, नेकपा माओवादी र नेपाली सेनाको दोहोरो बन्दुकको मारमा नेपाली जनता विभिन्न बहानामा मारिदै थिए –त्यहीबेला द्वन्द्व ब्यवस्थापन गरेर माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदै राष्ट्रनायक बने नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र उनलाई राष्ट्रनायक बनाउने सबैभन्दा नजिकका सारथी बने झापाका कृष्णप्रसाद सिटौला ।

मुलुकलाई द्वन्द्वको संकटबाट बाहिर निकालेर जनतामाथि निरंकुश डण्डा बर्साउने तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई राजगद्दीबाट शान्तिपूर्ण बहिर्गमन गराउने कार्यमा झापा भद्रपुर निवासी कृष्णप्रसाद सिटौलाको महत्वपूर्ण योगदान छ । मौजुदा संविधान लेखनमा त उनी संयोजककै भूमिकामा थिए । तसर्थ ‘सिटौलाकै नेतृत्वमा शान्ति र संविधान, उहाँकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने नारा देशभर चर्चामा छ ।
प्रजातन्त्र, समाजवाद र जनताको उन्मुक्तिका लागि संघर्ष गर्ने क्रममा आफ्नो जीवन समर्पण गरेका सिटौला आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धनतर्फ झापा क्षेत्र नं–३ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी उम्मेद्वार हुन् । जतिबेला मुलुकमा शान्तिपूर्ण विद्रोहमार्फत सातदल सडकमा थिए, सातदलको नेतृत्व नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद सिटौलाहरुले गरेका थिए भने एमाले, माओवादी, सबै नेताहरुले साथ दिएका थिए । अहिले उनका प्रतिष्पर्धी रहेका राजेन्द्र लिङ्देनको चरित्र भने त्यसबेला ठिक उल्टो थियो । उनी राजतन्त्रको वकालत गर्दै शान्तिपूर्ण आन्दोलन दवाउन सत्ता र शक्तिलाई जनदमनमा खर्चिरहेका थिए भने के।पी। ओली पनि ‘बयलगाडा चढेर अमेरिका पुगिदैन’ भन्दै ब्यंगात्मक अभिब्यक्ति दिइरहेका थिए । तर त्यसबेला एमालेको नेतृत्वमा रहेका झलनाथ खनाल, माधव नेपालहरुसहित सिङ्गो पार्टी आन्दोलनकै मोर्चामा सहभागी थिए । अहिले तिनै ओलीसँगको चुनावी सहकार्यमा लिङ्देन प्रतिष्पर्धामा छन् । खनाल र नेपालहरु एमालेबाटै बाहिरिएर नेकपा एस्मा छन् । अब झापा क्षेत्र नं–३ का जनताले बुझ्नुपर्छ–लोकतान्त्रिक ब्यवस्था र अग्रगमनको पक्षमा मत दिने कि ब्यवस्था विरोधीको रु
नेपाली कांग्रेस झापाको दुई कार्यकालसम्म सभापति रहँदा झापाको संगठन बनाउन अहोरात्र खटेका कृष्णप्रसाद सिटौला राष्ट्रिय राजनीतिमा प्रवेश लगत्तैदेखि राष्ट्रिय राजनीति एवं कुटनीतिक रुपमा देखिएका समस्याको समाधानमा सफल समन्वयकर्ताको भूमिकामा सक्रिय छन् ।
बर्तमान लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानको मस्यौदाकार हुन् सिटौला । जुन संबिधानले नेपालका सीमान्तकृत,गरीव, बिपन्न, जनजाति एवम् बिभिन्न जातजाति सवैलाई सार्वभौमसत्ता सम्पन्न एवम् अधिकारयुक्त नागरिक बनाएको छ । संबिधानले नै तीन तहको गणतन्त्रात्मक संघीय संरचनाको ब्यबस्था गरेको छ, सोही ब्यवस्थालाई टेकेर संविधान जारी भएपश्चातको दोस्रो प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको पूर्वतयारीमा छौं हामी । नेपालको संविधान २०७१ ले प्रत्येक नारिकलाई सार्वभौमसत्ता सम्पन्न र सर्वाधिकारयुक्त तुल्याउन सिंहदरवारको अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेको छ । कार्यान्वयनकै चरणमा रहेकाले अधिकारको पूर्ण प्रत्याभूति नागरिकले गर्न पाएका छैनन् तर विगतको तुलनामा स्थानीयतहमा अधिकार प्रत्यायोजन बढेको छ । त्यही संविधानको जगमा उभिएर संविधानकै अधिकार प्रयोग गर्दै राज्यकोषबाट सेवासुविधा लिएर संविधान विपरित राजतन्त्रात्मक नारा लगाइरहेकै छन् लिङ्देन । तसर्थ पनि झापा क्षेत्र नं–३ का जनताले शान्ति र संविधानका परिकल्पनाकार सिटौलालाई जिताएर पठाउनुपर्ने राजनीतिक विश्लेषकको विश्लेषण छ ।
त्यसो त यसअघि २ पटकसम्म सांसद, एकपटक गृहमन्त्री एवं नेपाली कांग्रेसको पूर्व महामन्त्री बनिसकेका कृष्णप्रसाद सिटौलाले पदीय दायित्वमा रहँदा होस् वा नरहँदा नेपालको राजनीतिमा उत्पन्न विवादहरुलाई समाधान गर्न समन्वयकर्ताको भूमिका सदावहार निर्वाह गरिरहेका छन् । उनले पदीय दायित्वमा रहेर वा नरहेर पनि झापाको क्षेत्र नं–३ को विकासमा खेलेको भूमिकालाइ पनि यही समय स्थानीयले समीक्षा गर्नैपर्छ ।
विकास निर्माणका लागि झापा क्षेत्र नम्बर–३ मा कृष्णप्रसाद सिटौलाले संसद हुँदा दर्जनौं आयोजना सम्पन्न गरेका थिए भने उनकै कार्यकालमा निर्माण शुरू भएका दर्जनौ बहुवर्षे आयोजना अलपत्र पनि छन् । उनकै पहलमा चारआली–केचना ४० किलोमिटर सडक निर्माण सम्पन्न भयो । सडक निर्माण नभएसम्म बाटोको अत्यन्तै असुविधा भोगिरहेका स्थानीयले सडक सम्पन्न भएपश्चात सडकको उपभोगमात्रै होइन, ब्यापार–ब्यवसाय प्रवद्र्धन एवं त्यस क्षेत्रको उत्पादनलाई बजारसम्म पु¥याउन सहज भएको र आर्थिक उन्नतिको बाटो खुलेको बताएका छन् ।
सिटौलाले दोश्रो संविधान सभा अन्र्तगत संसद जितेयता झापा क्षेत्र नम्वर–३ ले हुलाकी सडकको पूर्वपश्चिम ट्रयाक भद्रपुर–राजगढ सडक, मेची राजमार्ग अन्र्तगत चारआली केचना सडक, घेरावारी जलथल सडक, पथरिया बगान घेरावारी कृषि सडक, जलथल अधिकारी दल्की सडक, बालुवाडी बनियानी ग्रामिण सडक, बनियानी पाठामारी, केचना रिङ रोड लगायत दर्जन बढी राजमार्ग तथा भित्री सडकका काम नेपाली कांग्रेस पार्टी एवं सिटौलाको पहलमा सम्पन्न गराएका छन् ।
पथरिया मावि भवन, हिमाली मावि भवन, विभिन्न सामुदायिक भवनदेखि तत्कालीन गाविस९केचना, पथरिया, घेराबारी, पाठामारी, बालुबाडी, बनियानी, महेशपुर, पृथ्वीनगर, जलथल० का सवै भवनहरू निर्माण, पुनरनिर्माणका योजना पनि उनकै पालामा सम्पन्न गराएका छन् भने उनकै पालामा पाठामारी, केचना, पृथ्वीनगर, महेशपुरको सूर्यनगरमा स्वास्थ्यचौकीका भवनहरु निर्माण सम्पन्न भएका छन् र त्यहाँबाट सुचारु सेवाबाट त्यस क्षेत्रका सेवाग्राही लाभान्वीत भइरहेका छन् ।
२०७४ सालको निर्वाचनमा झिनो मतान्तरले सिटौला पराजित भएपछि उनका पालामा निर्माण शुरु गरिएका दर्जनौ आयोजना अहिले पनि अलपत्र छन् ।
झापा सदरमुकाम दक्षिणको उन्नति प्रगतिमा महत्वपूर्ण भूमिका निभाउने सडक, सिंचाइ, सामुदायिक भवन निर्माण, खानेपानी आयोजना, विद्यालय भवन लगायतका दर्जनौं आयोजनाका लागि सरकारले पठाउनुपर्ने रकम निकासा नगर्दा अलपत्र परेका हुन् । रकम पनि नपठाउने र जितेका उम्मेद्वारले स्थानीयका पीडा पनि नसुन्ने निरन्तरताका कारण नागरिकमा निराशा समेत उत्पन्न भएको छ । यसअघि निर्वाचित सांसदले अलपत्र आयोजनालाई पूर्णता दिने त कुरै छाडौं, अनुगमनमा समेत नगएको स्थानीयको गुनासो छ । सिटौला संसदमा नपुग्दाको असर जनसरोकारका रूपमा रहेका विकासे आयोजनामा परिरहेको स्थानीय बताउँछन् ।
प्रदेश १ कै ठूलो सभाहलको पहिचान पाएको भद्रपुर ८ स्थित मेची रङ्शाला पश्चिमपट्टि निर्माण सुरू भएको गणतन्त्रको पहिलो स्मारक जनाउने गिरिजाप्रसाद कोइराला स्मृति सभाहल आधा काम भएपछि अलपत्र परेको ५ वर्ष पूरा भयो । दोस्रो जनआन्दोलन अघि र पछि सबै दलहरुलाई साझा एजेण्डामा ल्याएर नेतृत्वदायी राजनेताको छवी बनाएका कोइरालाको स्मृतिमा निर्माण शुरु भएको अधुरो सभाहलले स्थानीयबासीलाई नै गिज्याइरहेको छ । सिटौलाले जितेका भए यो भवन पक्कै पनि सबैको साझा सम्पत्ति र शानका रुपमा चन्द्रगढीमा ठडिने थियो ।
भद्रपुर ३ स्थित अरनिको माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक अलपत्र भवन हेरेर दशक यता पीडित बन्दै आइरहेका छन् । भारतीय दुतबासको आर्थिक सहयोगमा निर्माणाधीन झापाको साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका ३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयको भवन रकम निकासा रोकिएको बाहानामा ठेकेदारले अलपत्र अवस्थामा छाडिदिएपछि विद्यार्थी वर्षौंदेखि जोखिम मोल्दै पठनपाठन गर्न बाध्य भएका छन् । ३२ कोठे दुई तले विद्यालय भवन निर्माण अवधि सकिएको समयावधिमा निर्माण सुरू गरी अधुरो छाडेर एक वर्षदेखि निर्माण कम्पनीको ठेकेदार सम्पर्कविहीन बनेपछि अधुरो भवनमा जोखिम मोलेर विद्यालयमा पठनपाठन भइरहेको छ ।
विद्यालय व्यवस्थापन समितिले नगर सरकारदेखि संघीय संसदसम्मलाई भवन निर्माण सम्पन्न गराउन निर्माण ठेकेदारलाई कानुनी दायरामा ल्याउन हार गुहार गरेपनि हालसम्म काम अघि बढ्न सकेको छैन । सरकारी पक्षबाट आश्वासनका भारी वर्षे पनि काम सुचारू गराउने आँट नपाउँदा शिक्षक विद्यार्थी जोखिम मोलेर अधुरो भवनमा पठनपाठन गरिरहेका छन् । सो विद्यालयमा अध्ययनरत विद्यार्थीले १० वर्षदेखि सुविधायुक्त कक्षा कोठामा पठनपाठन गर्न पाउने अधिकारबाट समेत बञ्चित हुनु परेको छ । भद्रपुर सरकारले बालमैत्री नगर घोषणाको बर्षगाँठ मनाउने तयारी गरिरहँदा आधारभूत अधिकार भित्र पर्ने विद्यालय भवनको अलपत्र अवस्थाले प्रश्न उठाइरहेको छ । निर्धारित समय भन्दा ४ वर्ष बढी समयमा पनि भवन नबनेकाले कक्षा कोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन । शुद्ध पिउने पानी र शुलभ शौचालयको समस्या पनि त्यस्तै छ । विद्यालयको प्रवेशद्वारसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित महसुस गर्न बाध्य छन् ।
नागरिकको अधिकार, शिक्षा, स्वास्थ्य, जीवनस्तर सुधारका लागि आफूले राजनीति गरेको बताउँने सिटौलाले यसबर्ष स्पष्ट कार्ययोजना अघि सारेका छन् । उनकै पहलमा थालिएका तर काम अधुरा रहेका अलपत्र योजनालाई पूर्णता दिने उनको मुख्य योजना छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने गास, बास, कपास, स्वास्थ्य, शिक्षाको ब्यवस्थापन, जनताको जीवनस्तर बृद्धि, सुकुम्बासी समस्या समाधान, रोजगारी सिर्जना र जनतासँग प्रत्यक्ष जोडिने समस्याहरुको समाधान सिटौलाका प्राथमिकतामा छन् ।
यसैगरी कृषि, सिंचाई, नयाँ सडक निर्माण एवं स्तरोन्नती, तटबन्ध निर्माण एवं सिमा समस्या समाधान, बृद्धबृद्धा, असहाय, एकल महिला, फरक क्षमता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा एवं योजनाबद्ध रुपमा जीवनस्तर उकास्न आफूले राजनीति गरेको बताउँने उनले योजनाबद्ध रुपमा भौतिक विकास र सामाजिक रुपान्तरणलाई अघि सार्ने योजना बनाएका छन् । साथै धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेका किच्चकबध, नेपालकै होचो भूभाग कचनकबल, बाह्रदशीस्थित कञ्चनगढ, जलथलस्थित बाहुन्नढोके पोखरी, चारकोषे जंगल, विराटपोखर, लगायत अन्य पर्यटकीय क्षेत्रको संरक्षण संवद्र्धन उनका प्राथमिकतामा छन् । यसैगरी कृषिको आधुनिकीकरण गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गरी भू–उपयोग नीति पनि उनले अघि सारेका छन् ।
पार्टीले तयार पारेको घोषणापत्रमा उल्लेखित कार्यहरुको कार्यान्वयन सँगसँगै स्थानीय आवश्यकताको आधारमा विकास निर्माण र जीवनस्तर सुधार गर्दै नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी सिटौलाका प्राथमिक योजना हुन् ।

इन्दु पूर्वेली/द्रोण अधिकारी