Kanakai Online

मनकारी नारायण अधिकारीले बाढे ३० बृद्धालाई ओढने कपडा


आइतवार, कार्तिक २७, २०७९ |

कनकाई अनलाईन
लामो समयदेखि रोजगारीका लागि अमेरिकामा रहदै आउँनुभएका झापा शिवसताक्षी नगरपालिका ११ नहर चौकका नारायण अधिकारी र उहाँकी श्रीमती श्रृजना अधिकारीले यहाँस्थित कनकाई नगरपालिका ४ कोटीहवन क्षेत्रमा रहनुभएका वृद्धा माता पिताहरुलाई जाडोमा ओडने न्यानो कपडा प्रदान गर्नुभएको छ ।


अधिकारी दम्पत्तीले आफ्ना मित्र कनकाई नगरपालिका ३ सुरुङ्गा बजार निवासी नारायण अधिकारीका माध्यमबाट कोटीहोम क्षेत्रका ३० जना वृद्धवृद्धाहरुलाई विशेष कार्यक्रमको आयोजना गरि न्यानो कपडा प्रदान गर्नुभएको हो ।

लामो समयदेखि घरपरिवार छाडेर कोटीहोवन क्षेत्रमा वसोवास गरिहनुभएका वृद्धा मातापिताहरुलाई ओडने कम्बल प्रदान गर्नुभएको हो ।


कम्बल बितरण कार्यक्रममा कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई, ४ का वडाअध्यक्ष रोषन सुवेदी, सुरुङ्गा बजार व्यावस्थापन समितिका अध्यक्ष मनोहरी बिमली लगायातले वैदेशिक रोजगारीमा रहनुभएका अधिकारी दम्पत्तीको मनोकारी मनका कारण यस क्षेत्रका वृद्धा मातापिताले जाडोमा न्यानो कपडा सहयोग पाएको बताउँनुभयो ।

कार्यक्रम यस क्षेत्रका जेष्ठ समाजसेवी रघुनाथ भट्टराईको प्रमुख आतिथ्यता तथा कनकाई नगरपालिका ३ का वडासदस्य गोविन्द सुवेदीको संचालनमा कार्यक्रम भएको थियो । यसअघि अमेरिकाको क्लोराडोमा बसोबास गर्दै आउँनुभएका अधिकारी दम्पत्तीले कनकाई ४ स्थित पुकार अपाङ्ग असक्त संस्थाला्रई समेत निशुल्क एक थान लुगा धुने वासिङ मेशिन प्रदान गर्नुभएको थियो । आगामि बर्ष पनि यस क्षेत्रका असक्तहरुलाई केहि न केही सहयोगको निरन्तता रहने बताउँनुभएको अधिकारीका मित्र सुरुङ्गा निवासी नारायण अधिकारीले बताउँनुभयो ।