Kanakai Online

कांग्रेस ढोड र सुन्टीको बैशाखीको सहारामा छ, ओली


बिहिवार, कार्तिक २४, २०७९ |

कनकाई अनलाईन
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार र चुनावी गठबन्धनलाई निति, गन्तव्य र जो जहाँ पुग्यो त्यहिको नाम मात्रैको गठबन्धन भएको टिप्पनी गर्नुभएको छ ।


बिहिवार झापाको कनकाई नगरपालिका सुरुङ्गामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सरकारमा भएका दलहरुले गठबन्धन गरेर चुनावमा भाग लिइरहेको भन्दै गठबन्धनले निर्वाचनपछि सबै दलहरुले आआफ्ना निति तथा घोषणापत्र कार्यक्रमहरु लिएर जनताको विचमा गईरहेकोले चुनावपछि कुन दलको घोषणापत्र लागु गर्ने भन्दै गठबन्धनका दलले आआफ्ना घोषणापत्रहरु कुनैपनि लागु गर्न नसक्ने बताउँनुभयो । ओलीले एउटा सरकार बनाउने र दशवटाको घोषणापत्र लागु गर्न सम्भव नहुने बताउँनुभयो ।
ओलीले हालको गठबन्धनको औचित्य देश बनाउँन भन्दा देश विर्गान बनिएको भन्दै गठबन्धन दलसग देश वनाउने कुनै एजेण्डा वाकी नरहेकोले आफुले सार्वजनिक वहस गरौ भन्दा कसैले नमानेको ओलीको भनाई थियो ।


हालको सरकारले योजना र विकास बजेट काटेको भन्दै आफ्नो पालामा देखिनेगरिका सयौ कामहरु गरेको तर गठबन्धन दलले देखिनेगरिको कुनै काम नगरेको ओलीको दावी थियो । देशमा वहुदल आएपछिको ३१ बर्षमा कांग्रेस सरकारमा २१ बर्ष सरकारको नेतृत्व गर्दा एउटै देखिने खालको काम नगरेको बताउँनुभयो । कांग्रेसले यस अवधिमा गरेको भनेकै अदालतमा सेटिङ्ग गरेर सरकार ढाल्ने मात्रै काम गरेको आरोप लगाउँनुभयो ।

जनतामा जान सकिदैन थियो सेटिङ गरेर सरकार ढालिदियो वाकी काम सिन्को भाचेन ओलीको भनाई थियो । कांग्रेसका ५ सय कार्यकर्तालाई माओवादीले मारेको भन्दै अहिले माओवादीलाई काधमा बोकेर हिडिरहेको र माओवादीका नेताको समेत देउवाले टाउकोको मोल तोकीदिएकोमा भन्दै अहिले दुबैजना अहिले एमालेका विरुद्ध नक्कली मित लगाएर गठबन्धन गरेको बताउँनुभयो । गठबन्धनलाई एमाले एक्लैले ठेगान लगाउन सक्ने भन्दै सबैसग एक्लाएक्लै लडने भीडने तागत एमालेमा रहेको भन्दै गठबन्धन गरेपनि एमालेलाई झन सजिलो भएको भन्दै यसपटकको निर्वाचनमा जनताहरुले सबैलाई साइजमा ल्याइदिने बताउँनुभयो । ओलीले अब नेपाली कांग्रेस विना वैशाखी हिड्न नसक्ने भन्दै दुबै खुट्टामा ढोँड र सुन्टीको वैशाखी टेकेर हिडिरहेको भन्दै कांग्रेसले टेकेको दुवै बैशाखीहरु मंसिर ४ गते हटने बताउँनुभयो ।

चुनावी सभामा झापा क्षेत्र नम्बर ४ का एमाले राप्रपाका उम्मेद्धारहरु संघिय उम्मेद्धार लालप्रसाद साँबा , प्रदेशका उम्मेद्धार भक्ति सिटौलाले बोल्नुभएको थियो । यसैगरि एमाले झापाका अध्यक्ष दिपक कार्की र राप्रपाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले समेत बोल्नुभएको थियो ।