Kanakai Online

सुरुङ्गा बजारमा उद्योगी व्यावसायीहरुको प्रदर्शन


बुधवार, कार्तिक २३, २०७९ |

कनकाई अनलाईन
बैँक तथा वित्तिय संस्थाहरुले आफुखुसी कर्जाको ब्याजदर बढाएको भन्दै कनकाई उद्योग बाणिज्य संघले आन्दोलनको पहिलो चरणमा शान्तिपुर्ण जुलुस निकालेको छ ।


कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी बिमलीको नेतृत्वमा गरिएको र्यालीमा उद्योग वाणिज्य संघ प्रदेश सदस्य कुमारमणि पोखरेल, कनकाई उवासंघका पुर्व अध्यक्ष त्रिलोचन चिमरिया लगायातको सहभागिता रहेको थियो । र्यालीमा सहभागि उद्योगी व्यावसायीले उद्योग कलकारखाना खोल्ने वातावरण चाहियो, ब्याज चर्को भयो जस्ता नारा लेखिएको प्लेकार्ड लिएका थिए । र्याली पछि आयोजित कार्यक्रममा कनकाई उवासंघका अध्यक्ष तुलसी बिमलीले पहिलो चरणमा शान्तिपुर्ण जुलुशको आयोजना गरिएकोमा व्यावसायीहरुको माग सम्बोधन नभएमा दोस्रो चरणमा आन्दोलनलाई थप सशक्त बनाइ छाडने उदघोष गर्नुभयो । बैँकले आफुखुसी ब्याजको प्रिमियाम वढाउदा व्यावसायीहरु ठुलो मर्कामा परेको बिमलीको भनाई थियो । माग सम्बोधन नभए देशव्यापी रुपमा आन्दोलन गर्ने समेत बिमलीको भनाई थियो ।

उद्योग वाणिज्य संघका प्रदेश सदस्य कुमारमणि पोखरेलले उद्योगी व्यावसायी तथा सर्वसाधरणको आर्थिक अवस्था दिनानुदिन खस्किरहेको भन्दै यसवारेमा सरकार गम्भिर नभएको आरोप लगाउँनुभयो । बैँक र वित्तिय संस्थालाई पोस्ने मात्रै काम केन्द्रिय सरकारले गरिरहृेको समेत पोखरेलको भनाई थियो । आफ््नो मागहरुको सम्बोधन गरिनुपर्ने पोखरेलले भन्नुभयो ।
विरोध र्यालीमा उद्योगी व्यावसायीहरुको सहभागिता रहेको थियो ।
उद्योगी व्यावसायीहरुले हिजो मात्रै आफ्ना माग सम्बोधन गर्नका लागि दवाव दिने उद्धेश्यले जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएका छन । भने जिल्लाभर मुख्य सहरहरुमा आजै विरोध र्याली निकालेका छन । व्यावसायीले बिर्तामोड, सुरुङ्गा, दमक लगायातका स्थानमा र्याली निकालेका हुन ।

सम्बन्धित खबर