कनकाई अनलाईन
झापाको झापा गाउँपालिका ६ शरणामतीमा आयोजित प्रदेश १ पालिका स्तरीय तेस्रो अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले हात पारेको छ ।
उपाधिसगै दमकले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसँगै ट्रफी हात पारेको छ भने उपविजयी भएको आयोजक झापा गाउँपालिकाले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ ।
दमकले आयोजकलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । दमकले २५—२१, २५—२२ र २५— १९ को सोझो सेटमा पराजित गरेको हो ।
प्रतियोगितामा खेलको म्यान अफ द म्याच दमकका पुकार तामाङ , उत्कृष्ट डिफेन्स दमककै भुवन केसी,उत्कृष्ट डिफेन्स दमकका भुवन केसी,उत्कृष्ट ब्लकर आयोजकका रोहित शिवाकोटी,उत्कृष्ट सर्भर दमकका पुकार तामाङ, उत्कृष्ट स्पाईकर दमककै रोमन बस्नेत, उत्कृष्ट सेटर दमकका मुस्कान खुदाङ लिम्बू घोषित भए। उत्कृष्ट ब्लकर आयोजकका रोहित शिवाकोटी हुनुभयो सबैले जनही नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नुभयो । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीको उपाधि भने झापा गाउँपालिकाका रविन गौतमले प्राप्त गर्नुभया उहाँले नगद ११ हजार रुपैँया प्राप्त गर्नुभयो ।
विजयी तथा उपबिजयी टिमलाई झापा गाउँपालिका उपप्रमुख अन्जु थपलियाले ट्रफि र नगद प्रदान गरिन। कार्तिक १८ गतेदेखि भएको प्रतियोगितामा प्रदेशका १८ टिमको सहभागिता रहेको थियो ।
विजयी तथा उपबिजयी टिमलाई झापा गाउँपालिका उपप्रमुख अन्जु थपलियाले ट्रफि र नगद प्रदान गरिन। कार्तिक १८ गतेदेखि भएको प्रतियोगितामा प्रदेशका १८ टिमको सहभागिता रहेको थियो ।