Kanakai Online

कनकाईका मेयरले जंगबहादुरकै शैलीमा घर भत्काए, प्रसाई


मङ्गलवार, कार्तिक २२, २०७९ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो घर जंंगबहादुरकै शैलीमा भत्काइदिएको भन्दै यसको सम्पुर्ण क्षतिपुर्ति वापतको रकम १ करोड १० लाख रुपैँया नगरपालिकाले तिनुपर्ने घरधनी पदम प्रसाईले दावी पेश गर्नुभएको छ ।


सुरुङ्गा झापा बजारसम्मको निर्माणाधिन अमरपथ सडकमा परेको भन्दै कनकाई नगरपालिकाले पदम प्रसाईको उक्त ३ तले घर कनकाई नगरपालिकाले गत आइतवारमात्रै भत्काएको थियो । आफ्नो हुदाछदैको घर नगरपालिका र कांग्रेसका समेत अग्रज नेताहरुको उक्साहटमा भत्काइएको पदम प्रसाईले आफ्नै भत्किएर वाकी रहेको घरमै सोमवार पत्रकार सम्मेलनको आयोजना गरि बताउँनुभएको छ । पदम प्रसाईले आफु कानुनी रुपमा माथि हुदाछदै पनि सामाजिक दवार र निर्वाचनलाई प्रभावित पार्नका लागि भत्काएको भन्दै अव नगरपालिकासग आफुले क्षतिपुर्तिको माग लिएर अदातलमा जाने बताउँनुभयो ।

मैले नगरपालिकासग कम्तीमा यहि पुष ११ गते सवोच्चमा पेशी छ सो समयसम्म पर्खनु भने वडामा गए तरपनि मेरो कुनै सुनुवाई भएर जंगबहादुरकै शैलीमा मेरो घर भत्काइयो काठमाण्डौमा वालेन शाहले नक्सा नभएको घर भत्काएका थिए तर झापा कनकाईमा मेयर राजेन्द्रले पुर्वाग्रह राखेर मेरो नक्सामा भएको घर भत्काए । मेरा छिमेकीहरुले पहिल्यै घर भत्काएको भनियो तर उहाँहरुले यस बन्दै गरेको सडकको डिपिआर नहेरी हतारमा भत्काउनुभएको हो ।

जसकारण उहाँरुलाई घर भत्काएकोमा पछुत्तो रहेको छ । पत्रकार सम्मेलनमा पदम प्रसाईले भन्नुभयो । प्रसाईले आफ्नो घर छेउमा पुगेपछि बाटोलाई बङगाइएको समेत आरोप लगाउँनुभयो । घर भत्कीएपछि आफुले १० बर्षका लागि एग्रिमेट गरेर दिएको भएपछि विचैमा घर भत्केपछि बैँकलाई समेत क्षतिपुर्ति तिर्नुपर्ने भन्दै त्यो क्षतिपुर्ति समेत नगरपालिकाले भरपाई गरिदिनुपर्ने माग गनुभयो । प्रसाईले पत्रकार सम्मेलनमा कनकाई नगरपालिकाले यसअघिनै घरनक्सा पास गरेर दिएर पुन आफै भत्काइदिएको भन्दै नगरपालिकाले ज्यादती गरेको आरोप लगाउँनुभयो । प्रसाईले निर्वाचनको आचारसंहिताको ख्याल नगरि र सवोच्चको मुद्धाको किनारा नलागि घर भत्काइएको भनाई छ । नगरपालिकाले सडकको टप्पु क्षेत्रमा एक्कै प्रकारको समस्या आउँदा चाहि नभत्काएको भन्दै राजनिति पुर्वाग्रह राखेर काम गरिएको आरोप प्रसाईको थियो ।


यता कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले भने नगरपालिकाले सबै प्रक्रिया पुरा गरेर घर भत्काएको बताउँनुभयो । निर्वाचनको काम निर्वाचन आयोगले गर्ने भन्दै नगरपालिकाले आफ्नो नियमित काम गरिरहेको र नगरभित्रका अन्य अबैध संरचना भत्काउने काम नियमित जारी रहेको बताउँनुभयो । प्रसाईजीले हामीलाई भर्खर सनराईज बैँक बसेको छ कम्तीमा ६ महिना मेरो घर नभत्काइदिनुहोस भन्नुभयो । हामीले मान्यौ तर हाम्रो कमलो मनको फाइदा उठाउन प्रसाईजी सफल हुनुभयो । घर खाली गर्नका समय कटेपछि फेरी भन्दा उल्टै हामीलाई मुद्धा हाल्नुभयो । हामीले मुद्धा पनि जित्यौ समग्र नगरको भाग्य र भविष्यका लागि एउटा घर बाधक हुनुहुदैन हामीले घर भत्कायौ मेयर पोखरेलले भन्नुभयो ।

यता घर भत्काएको सबै बिल भरपाई घरधनीले व्याहोनुपर्ने कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाईले बताउँनुभयो । घर भत्काउदा नगरको खर्च भएको छ सो घरधनीले तिनुपर्छ चम्लगाईले भन्नुभयो । तर घरधनी प्रसाईले भने आफुले घर भत्केको वारेमा कानुनी लडाई लडने बताउँनुभयो । म विकासको बाधक होइन तर मेरो क्षति भएको छ कानुनअनुसार पाउनुपर्छ प्रसाईले पत्रकार सम्मेलनमा भन्नुभयो । पत्रकार सम्मेलनमा प्रसाईका छोरा संदिप प्रसाई समेत रहनु भएको थियो ।