कनकाई अनलाईन
दुधे र झापाको निर्वाचन क्षेत्र नम्बर ४ मा नृेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिििध सभा निर्वाचनकालागि यतिबेला चुनावी अभियान सशक्त बनाएको छ ।
संयुक्त गठबन्धनका उम्मेदवार चुनावी अभियानमा व्यापक जुटेका छन । प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट उम्मेदवार भएका पार्टी जिल्ला सभापति देउकुमार थेवे, प्रदेश सभा सदस्य पदका लागि उम्मेदवार बनेका नेकपा माओवादीका पोलिटव्युरो सदस्य झलक शिंह दर्लामी मगर र नेपाली कांग्रेसबाट ४ को २ का लागि उम्मेदवार बनेका एक राज उप्रेतीले अभियानलाई शसक्त बनाएका हुन् ।
शिवसताक्षी नगरपालिकाको वडा नम्बर ९ का विभिन्न ठाँउमा आयोजना भएका कोण सभामा १३४ जना नेपाली कांग्रेसमा प्रवेश गरेको मिडिया समन्वय समितिका संयोजक याम भुजेलले बताए । उनका अनुसार राप्रपा, एमाले र क्षेत्रिय पार्टी परित्याग गरि उनिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
सो वडाको याङया चोक, आइतबारे, मिलन चोक, चौधरी टोल लगायतका स्थानमा भएका कार्यक्रममा वडाका सर्वसाधरण नेपाली कांग्रेसमा प्रवेश गरेको नगरका पार्टी सभापति अशोक बस्नेतलले बताए । प्रवेशीलाई नेपाली कांग्रेसका झापा सभापति समेत रहेका प्रतिनिधि सभाका उम्मेदवार देउकुमार थेवेले पार्टीको झण्डा, फुल माला अविर लगाएका थिए ।
सो वडा नेकपा एमालेका नेता एलपी साँवाको स्थायी बसोबास भएको वडा हो । साँवा प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट यसपटक पनि उम्मेद्वार हुन् । उनले यस अघि उनै देउकुमार थेवेलाई पराजित गर्दे प्रतिनिधि सभाको सांसद बनेका थिए ।
मंसिर ४ मा हुने निर्वाचनमा यो पटक नेपाली कांग्रेसमा प्रवेश गर्नेको जनलहर बढेको छ । प्रचारका हरेक कार्यक्रममा १५ जना सम्म सर्वसाधरण नेपाली कांग्रेसमा प्रवेश गर्ने गरेको नेपाली कांग्रेस शिवसताक्षी नगरले जनाएको छ । ‘यो पटकको निर्वाचनमा उत्साहा पुर्ण जित हुन्छ,’ नेता थेवेले भने ‘सबैको साथ सहयोग र समर्थन आफ्नो पक्षमा भएकाले जित निकाल्न कुनै व्यवधान छैन ।’
कार्यक्रममा उम्मेद्वारले आफ्ना धारणा राखेका थिए । यो पटक गठबन्धनका उम्मेद्वारलाई बिजयी गराइदिन उनिहरुले सर्वसाधरणलाई अपिल पनि गरेका छन । कार्यक्रममा स्थानियका तर्फबाट मन्तव्य राख्ने अधिकांसले प्रतिनिधि सभाका उम्मेदवारका रुपमा मैदानमा आएका उम्मेद्वारलाई विवेक पुर्याएर मत जाहेर गर्ने बताएका छन् । उनिहरुले भने, ‘देउकुमार थेवे राजनीतिज्ञ बुद्धिजीवी समाजसेवी युवा नेता भएका कारण युवाहरु थेवेको समर्थनमा देखिएका छन । पटक पटक अरुलाई मत दियौं । एक पटक थेवेलाई मत दिने मोडमा छौ ।’