Kanakai Online

कनकाईमा लागुऔषध नियन्त्रण पहल सुरु


सोमवार, कार्तिक २१, २०७९ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा शुक्रवार ९आज० एक दिने लागूऔषध दुव्र्यसन रोकथाम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कनकाई नगरपालिकाको आयोजना तथा लागू औषध दुव्र्यसन रोकथामा अभियान नेपालको सहकार्यमा सुरुङ्गामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले गरेकी थिइन् । पूर्व एसएसपी बसन्तराज कुँवरले प्रशिक्षण दिएको कार्यक्रममा नगरका जनप्रतिनिधि, नगरका शाखा प्रमुख, आमा समुह, राजनीतिक दल, बिद्यालयका प्रधानाध्यापक, बिद्यार्थीलगायतको सहभागीता रहेको थियो ।

उद्घाटन कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, गृहमन्त्रालयका विश्वामित्र कुईकेल, प्रहरी नायव निरिक्षक रुगमबहादुर कुँवरलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन लागू औषध दुव्र्यसन रोकथामा अभियान नेपाल प्रदेश नं। १ का संयोजक इन्द्रप्रसाद ओलीले गरेका थिए ।

सम्बन्धित खबर