Kanakai Online

आचार संहिता विपरित झापामा सरकारी कर्मचारी चुनाव प्रचारमा हिडे पनि कारवाही हुन सकेन


सोमवार, कार्तिक २१, २०७९ |

कनकाई अनलाईन

निर्वाचन आचार संहिता विपरित सरकारी कर्मचारीहरू खुलेरै भोट माग्न हिड्ने गरेको पाइए पनि निर्वाचन आयोगले झापामा कारवाही चलाउन सकेको छैन ।

निजामती सेवा, सरकारी संस्थान तथा सरकारी विद्यालय महाविद्यालयमा शिक्षण पेशामा सरकारी कर्मचारीका रूपमा कार्यरत अधिकाम्स कर्मचारी खुलेरै भोट मागिरहेको भए पनि निर्वाचन आयोगले कारवाही गर्न नसकेको पाइएको हो ।

निर्वाचन आचार संहिता उलंघमा नेकपा एमाले सम्बद्ध कर्मचारी बढी सकृय पाइएको छ भने नेपाली काँग्रेस, मओवादी केन्द्र र राप्रपा संबद्ध कर्मचारी पनि भोट माग्न हिड्ने गरेको पाइएको छ ।

पछिल्लो पटक झापा क्षेत्र नम्बर १ र ३ का नेकपा एमाले राप्रपा गठबन्धनको उम्मेदवारलाई जिताउन भन्द्र घरदैलो र कोण सभामा मेची अस्पतालमा कार्यरत कर्मचारी डिल्ली पोखरेल माइकिङ तथा उद्घोष गर्दै हिड्ने गरेका हरेक दिनका तस्वीर तथा भिडियोहरू नेकपा एमाले सम्बद्ध कार्यर्ता र पार्टीका आधिकारिक पेजहरू देखिने गरे पनि सम्बद्ध निकायले ध्यान दिन सकेको छैन ।

चुनाव प्रचार पार्टीको इज्जत र दायित्व भएको वताउँदै टोल टोलमा सरकारी सेवाका कर्मचारी तथा शिक्षकहरू आउने गरेको समेत झापाका मतदाता बताउने गर्छन् ।

सम्बन्धित खबर