Kanakai Online

कनकाईका मेयर वालेन शैलीमा उत्रिए, स्थानीयले बजाए तालीको बर्षा


आइतवार, कार्तिक २०, २०७९ |

कनकाई अनलाईन
आफु निर्वाचित भएपछि काठमाण्डौ महानगरका मेयर वालेन शाहले सडक पेटीमा बनेका अबैध संरचना हटाएर चर्चामा आए, धरानका मेयरले सय दिन भित्रै धरानेलाई खानेपानी पिलाएर चर्चामा रहे । यसो त ५ बर्षअघि समेत मेयरका रुपमा बिजयी कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलले कहिले साईकल चढेर त कहिले आफु चढने सवारी प्रहरीलाई दिएर चर्चामै रहे तरपनि यी मेयरका क्रियाकलापहरुलाई केहि मिडियाकर्मीले आलोचना समेत गरेका थिए ।

यसपटक भने कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले सुरुङ्गा चौकमा लामो समयदेखि रहेको अवैध संरचनालाई भत्काएर चर्चाको शिखरमा छन । अमरपथ सडकको मुखकै यस घर राजेन्द्रकुमार पोखरेलको पहिलो कार्यकालमा मुद्धा मामिलामै बितेको थियो । भर नभत्कदा मेयर पोखरेल आलोचनाका पात्र समेत बनेका थिए । आज एकाएक यस घरलाई मेयर आफै एक्सनमा आएर भत्काएपछि स्थानीयले वोलन स्टाइल भन्दै मेयरको कामको प्रसंसा गरेका छन ।

यता कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल भने यस कामलाई वालेन स्टाइल नभनिदिन आग्रह गर्छन पोखरेल भन्छन वालेनले अवैध संरचना भत्काउन तत्काल एक्सनमा जाईहाल्छन भने म भने २ बर्ष पर्खिए मुद्धाको तारिख धाए भरसक दुबै पक्षको जित होस भन्ने मेरो मनसाय थियो । अन्तिम विकल्पमा मात्रै आज घर तोडियो पोखरेलको भनाई थियो । यता कनकाई नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने अबैध घर तथा टहराहरु भत्काउन सुरु गरेको छ । नगरपालिकाले ३५ दिने सुचना निकालेल कनकाई नगरपलिका ३ सुरुङ्गा बजार क्षेत्रमा लामो समयदेखि बाटोको साइटमा बनिएका घरहरुलाई डोजर लगाएर भत्काइएको छ ।
नगरपालिकाले २ बर्षसम्म हटाउन ताकेता गर्दापनि नहटाएपछि आफुहरुले बाध्य भएर डोजर लगाएर घरहरु भत्काउनु प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । घरहरु भत्काउदा घरमा रहेका बैँक तथा व्यावसायिक पसल र बैँकको एटिएम मेशिनलाई समेत खाली गर्न लगाएर घर भत्काइएको थियो । यो अभियान बाटोमा बनेका सबै अवैध संरचना नहटुनजेल्लसम्म जारी रहने नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
यसअगाडिनै सडकमा परेका घरहरु भत्काउन नगरपालिकाले सुचना जारी गरेपनि घरधनी अदालतमा गएपछि केहि दिन काममा ढिलाई भएको नगरपालिकाको भनाई छ । सडकमा पर्ने घरहरु नहटाउदा सुरुङ्गा देखि झापा गाउँपालिका जोडने २४ किलोमिटर सडक कालोपत्रेको काम समेत सुरुमै अलपत्र परेको थियो । निर्वाचनको मुखमा लोकप्रियता हासिल गर्न सडक छेउको घर भत्काइएको भन्दै घरधनी र पसल व्यावसायीले भने विरोध गरेका छन । यता निर्वाचन कार्यालयले निर्वाचनको काम गर्ने र नगरपालिकाले आफ्नो काम नियमित गर्ने भन्दै नगरप्रमुख पोखरेलले भने निर्वाचन र घर भत्किनुमा कुनै सम्बन्ध नरहेको बताउँनुभएको छ । नगरपालिकाले घर भत्काउदा वाक्लो सङख्यामा प्रहरी परिचालन गरिएको थियो ।