Kanakai Online

श्री स्वरोजगार भवानीको १५ औ साधरणसभा


शनिवार, कार्तिक १९, २०७९ |

कनकाई अनलाईन
श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा, राजगढ र लक्ष्मीपुर साखाको आफ्नो १५ औ वार्षिक साधरणसभा कनकाई उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।


संस्थाका सुरुङ्गा सेवा केन्द्रका प्रमुख गोपाल प्रसाईको सभापतित्व तथा लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख कौशिलाल परियारको स्वागत रहेको उक्त साधरणसभामा संस्थाका अध्यक्ष केशव बस्नेतलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले चाडै वहुउद्धेश्यीय सहकारीको अवधारणाअनुसारको कारोवार गर्न लागेको जानकारी दिनुभयो ।


संस्थाले बिर्तामोडमै सबैभन्दा वढी क्षेत्रफलमा सर्पिङ्ग सेन्टर संचालनमा ल्याइसकेको जानकारी दिदै २०६४ सालमा बिर्तामोडको कृषि थोकमा २७ जना शेयर सदस्यमिलि १ लाख ३० हजार शेयर पुजीबाट सुरु गरेको यस सहकारीले छोटो समयमै हाल ४१ हजार ३ सय ९० जना शेयर सदस्यको १६ करोड, ६७ लाख वढी शेयर पुजी रहेको र बिर्तामोड मुख्य कार्यालय र सुरुङ्गा, काँकडभिट्टा, खुदुनावारी, चारआली, बनियानी, दमक, फिक्कल, केरखा, लक्ष्मीपुर, शनिश्चरे, चन्द्रगढी, धुलावारी, गरामनी, बाहुनडाँगी, बुधवारे, इलाम, दुधे, गौरादह, शिवगञ्ज लगायातका २८ स्थानमा सेवा केन्द्र संचालनमा रहेको जानकारी दिनुभयो । साथै सहकारीले सुत्केरी र वर्डडे केक लगायातका लोकप्रिय कार्यक्रमहरु सहकारीका सदस्यहरुको घरदैलोमा लैजाने कार्यक्रमलाई निरन्तता दिईरहेको बताउँनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि यस क्षेत्रका लब्ध प्रतिष्ठित व्याक्तित्व तथा जेष्ठ शेयर सदस्य समेत रहनुभएका भक्तिप्रसाद संग्रौलाले पानसमा वत्ती वालेर कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो भने कनकाई नगरपालिकाका सहकारी विभाग प्रमुख हरिप्रसाद पौडेल, नगरपालिकाका शिक्षा विभागका मेदनीप्रसाद पाठक, सहकारीका विष्णुप्रसाद बिमली लगायातले शुभकामना दिनुभएको थियो । यसैविच सहकारीको आगामी मंसिर १० गते बिर्तामोडमा हुने मुल साधरणसभका लागि प्रतिनिधि समेत छनौट गरिएको थियो ।

सम्बन्धित खबर