Kanakai Online

कनकाईका एमालेका पुराना नेता दधिराम पोखरेलद्धारा राजीनामा


शुक्रवार, कार्तिक १८, २०७९ |

कनकाई अनलाईन
सामुदायिक वन उपभोक्ता महासंघ कनकाईका अध्यक्ष तथा एमालेका कनकाईका पुराना नेता दधिराम पोखरेलले पार्टीको साधरण सदस्यसमेत नरहनेगरि पार्टीबाट राजीनामा गर्नु भएको छ ।


पोखरेलले आज सुरुङ्गास्थित जामुनवारी सामुदायिक वन समुहमा पत्रकार सम्मेलनको आयोजना गरि आफुलाई २०४७ सालमा पुर्व प्रधानमन्त्री मनोमोहन अधिकारीले प्रदान गरेको तत्कालिन माले र हालको नेकपा एमालेको पार्टी सदस्यको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताउँनुभयो । पोखरेलले हालका एमाले अध्यक्ष ओलीले एमाले पार्टीलाई ओली कम्पनी बनाएको र यसको मेनेजरहरुले आफुजस्ता इमान्दार कार्यकर्तालाई किक आउट गरेको आरोप पोखरलको पत्रकार सम्मेलनमा लगाउनुभयो । पोखरेलले पार्टी अध्यक्ष ओलीले दुई पटकसम्म सांसद भंग गरेर देशलाई बन्धक बनाएको भन्दै पोखरेल लगायातका धेरै पार्टीका नेताहरुले फरक मत राख्दै आउनुभएको थियो । भने गत स्थानीय निर्वाचनमा समेत कनकाई १ नम्बर वार्डको निर्वाचनमा समेत यहि शैली हावि भएको पोखरेलको आरोप थियो ।

कनकाई नगरपालिकामा समेत ओली प्रवृति हावि भएको र गुटको राजनिति हावी भएको पोखरेलको भनाई रहेको थियो । पोखरेल नेकपा एमालेमा २०३८ सालदेखि निरन्तर सक्रिय रहनुभएको थियो । पोखरेलले कनकाई १ मा मात्रै पार्टीका १ सय ५० पार्टी कार्यकर्ताले निर्वाचन अगाडिनै पार्टी छाडने तयारी गरेको समेत दावी पत्रकार सम्मेलनमा राख्नुभयो ।

अवका दिनमा एमाले पार्टी कनकाईमा पतनको बाटोमा जाने छ पोखरेलले भन्नुभयो । पोखरेलले समेत कनकाई १ मा समेत पुराना कार्यकर्ताहरुको अवमुल्यान हुने गरेको आरोप पोखरेलको थियो । मैले देशमै पहिलो पटक मेरै नेतृत्वमा पार्टीको वार्ड कार्यलयका लागि वार्ड कार्यालयकै लागि जमिनको समेत व्यावस्थापन गरे तर पार्टीका केही लोभीपापीहरुका कारण मैले आफै पार्टीबाट राजीनामा दिनुपर्यो पत्रकार सम्मेलनमा पोखरेलले भन्नुभयो । आगामी दिन गुण र दोषका आधारमा अन्य दल र उम्मेद्धारलाई रोज्ने र सहयोग गर्ने पोखरेलको भनाई थियो । राजीनामा दिनुअघि पोखरेल नेकपा एमाले कनकाई नगरको सचिवालय सदस्य र वार्ड इन्चार्ज रहनुभएको थियो । पोखरेलले राजीनामा दिएपछि यस क्षेत्रका पुराना वामपन्थी नेता युक्त भेटवाल, लौरो अभियानका अभियान्ता शेरबहादुर थापा लगायातले पोखरेललाई धन्यावाद ज्ञापन गर्नुभयो । पोखरेलले भने आफु तत्काल कुनै पार्टीमा भने प्रवेश नगर्ने बताउँनुभयो ।

https://fb.watch/gAWKD-eBvB/

सम्बन्धित खबर