Kanakai Online

समाजसेवी चिमरियाको जन्मदिनमा २२ जनालाई सम्मान


बुधवार, कार्तिक १६, २०७९ |

कनकाई अनलाईन
जन्मदिनको अवसरमा फजुल खर्च कटाएर झापा मेचीनगर १२ का राजन चिमरियाले २ जना पत्रकारसहित २२ जना सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेका छ्न् ।


सुखानीस्थित सहिद पार्कमा बुधबार आयोजित कार्यक्रममा चिमरियाले सहिद तथा बेपत्ता परिवार र पत्रकारद्वयलाई रुद्राक्षको माला एबम् मायाको चिनोसहिद सम्मान गरेका हुन् ।

कार्तिक १६ गते आफ्नो जन्मदिन पारेर डेरि ब्यबसाय सन्चालन गर्दै आएका चिमरियाले पत्रकारद्वय जिएन शर्मालाई नगद १५ हजार एबम् प्रकाश उप्रेती र २० जना सहिद तथा बेपत्ता परिवारका सदस्यलाई मायाको चिनोसहित सम्मान गरेका हुन् ।

उनले सहिदहरु बिरेन राजबंशी, नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइकेल, नारायण श्रेष्ठ, राजन ढुंगानालगायतको परिवारका सदस्यलाई मायाको चिनोसहित सम्मान गरेका हुन् ।

सहिद, बेपत्ता परिवार र घाइतेलाई कुनैपनि ठाउँबाट उपयुक्त किसिमको राहत एबम् जिबिकोपार्जनको श्रोतको ब्यबस्थापन नभएको भन्दै युवा राजनीतिकर्मी चिमरियाले भने मैले जन्मदिनमा मात्रै होइन, अन्य समयमा पनि सहयोग गर्दै आएको छु । त्यसैले मेरो जन्मदिनको अवसरमा यति काम गरेको छु ।

चिमरियाले भने यो पटक ४९ औं जन्मदिनमा मैले देशको आमुल परिवर्तनमा आफ्नो जिबन सुम्पिने सहिद तथा बेपत्ता परिवारका लागि सुखानीमा कार्यक्रमको आयोजना गरेको हु ।,

चिमरियाले सहिद तथा बेपत्ता परिवारमध्ये बिपन्न परिवारलाई ८० हजार मूल्य पर्ने साथमा बाछिसहितको होलिस्टेन जातूको गाई दान गर्ने घोषणा गरेकासमेत गरेका छ्न् । उनले बिवाह बर्षगाठमा बिपन्न परिवारलाई अर्को गाई बितरण गर्ने घोषणा गतेका छ्न् ।

ज्ञानेन्द्र घिमिरेले संचालन गरेको कार्यक्रममा पुष्पा गुरागाईले शुभकामना मन्तव्य राखेका थिएभने सहिद नेत्र घिमिरेको परिवारकी सदस्य मेनुका घिमिरेले सहिद(गित प्रस्तुत गरेकी थिइन् । बुवा(आमा( घनश्याम(इन्दिरासमेत सहभागी थिए ।
सहिदका परिवारसहित सहभागी ९० जनालाई सुखानी पार्क र चेप्टि फण्ड पार्क अवलोकन गराएका थिए ।

चिमरियाले कोभिड महामारीमा आफ्नै लगानीमा बिरामीलाई निस्शुल्क औषधि घरघरमै पुर्याउने, होल्डिङ सेन्टरमा रहेकालाई दैनिक सय लिटर निशुल्क दुध बितरण, आगलागी वा अग्नि पीडितलाई राहत ( नगद बितरण, सुत्केरीलाई सुत्केरी पोषण बितरण, सयौ गरिब(आदिवासी जनजाति, बिपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा गराउदै छ्न् भने तिन वटा सरकारी बिद्यालयमा दिवा खाजाका लागि निशुल्क दुध बितरण गर्दै सामाजिक कार्यमा अब्बल दर्जाको रुपमा आफ्नो परिचय दिइदै आएका छ्न् ।

सम्बन्धित खबर