कनकाई अनलाईन
बिगत केहि दिन देखि माओवादी केन्द्र का ४० जाना को राजीनामा भन्दै मिडिया र सामाजिब संजालमाआएको समाचार प्रति आफू हरु गम्भीर ध्यानाकर्षण भएको माओवादी केन्द्र मेचीनगरका सम्बन्धित नेता कार्यकर्ताहरुले जनाएका छन ।
बिज्ञप्तिमा आफुहरुको समेत नाम जोडी माओवादी केन्द्र को साधारण सदस्य समेत नरहने गरि राजीनामा गरेको भन्ने समाचार मा कुनै सत्यता नरहेको कसैलाइ भ्रममा नपर्न र नपार्न अनुरोध गर्दै पार्टी भित्र असहमतिका बिसय भए कमिटी मा छलफल गरि निकास निकाल्न पनि उनीहरुले आग्रह गरेका छन । विज्ञप्तिमा हस्ताक्षर गरेको अन्य प्रायोजनका लागि गरिएको हस्ताक्षरलाई राजीनामा दिएको भन्दै हस्ताक्षरको दुरुपयोग गरिएको भन्दै हस्ताक्षर दुरुपयोग गरि मिडियाबाजी समेत गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आफुहरु माओवादी केन्द्रमै रहेको समेत जनाइएको छ ।
यसरी बिज्ञप्ती जारी गर्नेहरुमा पार्टीका शिवसताक्षी नगर सहसचिब भुवन सेन्दाङ , पार्टीका वाइसिएल अध्यक्ष इन्द्र नेउपाने उपाध्यक्ष सन्जिब राई नगर सचिबालय सदस्य धन कुमार ढकाल , धनेन राई , छन भने फिरोज ढकाल खगेन्द्र राई , डम्बर लिम्बू, भिम बहादुर थापा ,सन्तोस काफ्ले (उमाकान्त) आशिष् घिमिरे लगायत रहेका छ्न ।
यसवारेमा पार्टीका नगर अध्यक्ष महेन्द्र भट्टराईले राजीनामा को बिसय हल्ला मात्रै भएको भन्दै आफुहरु चुनाव कार्यक्रममा व्यस्त भएको वेलामा गोयबल्स शैली मा प्रचार गरिनु र माइन्युटकै समेत दुरुपयोग गर्नु न्युनत्तम राजनैतिक चेतको समेत हत्या भएको बताउँनुभयो । पार्टीमा सैद्धान्तिक बिसयमा कसै को असहमत भए छलफल बाट निकास निकाल्न नगर समिति तयार रहेको पनि नगर कमिटी अध्यक्ष भट्टराईको भनाई छ । भट्टराईले पार्टी भित्र गल्ती गर्न कसैलाइ पनि छुट नभएको भन्दै पार्टी हित विपरित मन्तव्य दिने र हस्ताक्षरको दुरुपयोग गर्नेलाई कानुनी र राजनैतिक कार्वाही गरिने समेत बताउँनुभयो । झुटो विज्ञप्तिमा भनिएजसरी पार्टी परित्याग कसैले पनि नगरेको पनि भट्टराईले बताए । समाचार र सामाजिक संजालमा कुनै सत्यता विनाको समाचार र सामाग्रीको विश्वास नर्गन समेत माओवादी केन्द्र शिवसताक्षी नगर कमिटिले सबैलाई आग्रह गरेको छ ।