Kanakai Online

कनकाई छठ पुजाको तयारी पुरा, आइतवार रातभर राष्ट्रिय कलाकारको कनकाई माईमा प्रस्तुती


शनिवार, कार्तिक १२, २०७९ |

कनकाई अनलाईन
सुरुङ्गा । परम्परादेखि कनकाई माईको पुर्वी तटमा लाग्दै आइरहेको ऐतिहासिक छठ पुजाको तयारी सकिएको छ ।


यस बर्ष पनि छठ पुजाको पुर्वसध्यामा सुरुङ्गादेखि कोटीहोम छठ पुजा स्थलसम्मको स्थानलाई कनकाई छठ सेवा समाजको आयोजनामा सरसफाई गरिएको छ । हाल छठ पुजा स्थललाई बेहुलीकाझै सिंगारिएको छ भने सुरुङ्गा चौकदेखि कोटीहोम परिसरमा विभिन्न स्वागत गेट समेत निर्माण गरिसकिएको छठ पुजा सेवा समितिका संयोजक मुन्ना शाहले बताउँनुभयो ।

हाल कनकाई माईमा ७० बटा घाट निर्माण गरिसकिएको र पुजाका लागि कनकाई नगरपालिका र छिमेकी पालिकाहरुको समेत ब्रतालुहरुले पुजा गर्ने सेवा समाजका अध्यक्ष राजकिशोर चौधरीले जानकारी दिनुभयो । पुजाको वारेमा जानकारी दिने उद्धेश्यले शनिवार सेवा समाजले घाटस्थलमै पत्रकार सम्मेलनको आयोजना गरि पुजाको तयारी सकिएको जानकारी दिएको हो । यस बर्ष कनकाई माईमा रातभर राष्ट्रिय र स्थानीय कलाकारहरुद्धारा सास्कृतिक कार्यक्रमको आयोजना गरि मनोरञ्जन प्रदान गरिने र रातभर जाग्राम समेत बसिने सास्कृतिक विभागका संयोजक अमन गुप्ताले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पुजामा आउने सबै ब्रतालु र भक्तजनलाई निशुल्क पानी, प्रसाद र चियाको प्रबन्ध गरिएको आयोजक समितिका महासचिव रविन गुप्ताले जानकारी दिनुभयो । पुजा सम्पन्न गर्नका लागि ९ लाख रुपैँया खर्च लाग्ने र खर्चको जोहो समेत सहयोगबाटै गरिसकिएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । यस पटक पनि पुजा स्थलमा कनकाई नगरपालिकाले खोला खनेर फर्काइदिएपछि ब्रतालुहरुलाई राहत मिलेको ब्रतालुको भनाई छ ।
पुजा सम्पन्न गर्नका लागि मुन्ना शाहको संयोजकत्वमा १७ सदस्यीय मुल आयोजक समिति, राकेशकुमार चौधरीको संयोजकत्वमा युवा परिचालन तथा स्वयम सेवक समिति गठन गरिएको छ भने आर्थिक, मंञ्च व्यावस्थापन, स्वास्थ्य, सास्कृतिक, महिला समिति, मंञ्च व्यावस्थापन उपसमिति समेत निर्माण गरिएको छ । भक्तजनको सुविधालाई ध्यानमा राखेर स्वास्थ्य सेवा समेत प्रदान गरिने छ । आईतवार दिउसो १ बजेबाट सुरुङ्गा चौकमा भेला भई सास्कृतिक झाँकी सहित भक्तजनहरु भेला भई र्याली सहित बजार परिक्रमा गर्दै आइतवार ३ बजेबाट कनकाई माई कोट्रीहोममा पुजा र सास्कृतिक कार्यक्रमको सुरुवात गरिने छ । कार्यक्रमको प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल रहनुभएको छ ।

सम्बन्धित खबर