कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेद्धार सम्भुप्रसाद ढकाल सुस्केराले आफुले नैतिकताको बलमा चुनाव जित्ने दावी गरेका छन ।
आज सुरुङ्गामा पार्टीको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा ढकालले रविको राष्ट्रव्यापी क्रेज र झापा ४ मा आफ्ना १८ जना प्रतिनिधिसभाका उम्मेद्धारहरु मध्ये सबैभन्दा अब्बल र इमान्दार उम्मेद्धार आफु भएको दावी प्रस्तुत गरे । ढकालले झापा क्षेत्र नम्बर ४ का मतदातालाई आफुभन्दा अन्य १७ उम्मेद्धार कुनैपनि हालतमा उत्कृष्ट लागेमा आफुलाई मत नहाल्न समेत अपिल गरेका छन । म आर्थिक रुपमा सबैभन्दा कमजोर छु बाकी अन्य कुरा इमान्दारिता, सदाचारिता, र क्षमतामा सबैभन्दा अगाडि छु, मेरो वारेमा गहिरो खोज अनुसन्धान गरेर म भन्दा एक जना समेत उम्मेद्धार अब्बल लागेमा मलाई मतदान नर्गनहुन अनुरोध गर्दछु ।
पत्रकार सम्मेलनमा ढकालले घोषणा गनुभयो । साथै आफु निरन्तर घरदैलोमा रहेको र आगामी दिनमा झापा ४ मा आफ्ना पार्टीका नेता रबि लामिछानेलाई यस क्षेत्रमा ल्याएर चाडै आमसभाको समेत आयोजना गर्न लागेको जानकारी दिनुभयो । राजकिय शासकको स्वरुपका वारेमा बोल्दै ढकालले संघियता खारेजीको मुद्धा पार्टीले उठाएको तर धर्म र राजाको वारेमा अहिलेकै अवस्था सही हुने समेत पार्टीको धारणा रहेको बताए । धर्म र राजतन्त्रका वारेमा लडाई गरेर देशलाई पुन गृहयुद्धमा लैजानु हुदैन ढकालको भनाई थियो । ढकालले आगामी ५ बर्षमा गर्ने १० काम भन्दै स्वास्थ्य र शिक्षा सर्व सुलभ र निशुल्क बनाउने, युवालाई उत्पादन र रोजगारीमा जोडने, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, कृषकले आफ्नो उत्पादनको आफै मुल्य तोक्ने, दिगो पुर्वाधारको विकास, जनमैत्री कानुन, प्रहरीले १६ बर्षमै पेन्सन, आयल निगम खारेज र पेट्रोलियम पदार्थको कर खारेज, भ्रष्टाचार नियन्त्रण जस्ता राष्ट्रिय र स्थानीय मुद्धाहरुमा खोलाको दिगो व्यावस्थापन, भारतीय हात्तीको नियन्त्रण, सुकुम्बासी समस्याको दिगो समाधान, यस क्षेत्रका मुख्य बजारको ढलको समस्या समाधान, धार्मिक पर्यटकिय स्थलको प्रचार र विकास, सामुदायिक विद्यालयको स्तरउन्नति लगायातका समस्या समाधानको बाचा गनुभएको छ । पत्रकार सम्मेलनको संचालन रामप्रसाद निरौलाले गर्नुभएको थियो । भने पार्टीका अगुवा नेताहरुको समेत उपस्थिति रहेको थियो ।