Kanakai Online

उम्मेद्वार भेटघाटसहित झापामा ‘तेह्रथुम झापा सम्पर्क मञ्च’ गठन


बुधवार, कार्तिक ९, २०७९ |

कनकाई अनलाईन
तेह्रथुमबाट झापा आएर बसोबास गर्नेहरुको भेलाले तेह्रथुम झापा सम्पर्क मञ्च गठन गरेको छ । झापामा बसोबास गरेका उनीहरुले तेह्रथुमका गठबन्धन दलका उम्मेदवारहरुसँगको भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको कार्यक्रमबिच तेह्रथुम झापा सम्पर्क मञ्च समेत गठन गरेका हुन् ।

भेलाले मोहन पाइमको संयोजकत्वमा ४० सदस्यीय तेह्रथुम झापा सम्पर्क मञ्च गठन गरेको छ । मञ्चको सह–संयोजक ओम बिमली, मोहन सुब्बा, रोशन कन्दङ्वा, सचिबमा गणेश सौगात कालिकोटे र कोषाध्यक्षमा सुशिला पाण्डे चयन भएका छन् । त्यसैगरी सदस्यमा भरत संग्रौला, युबराज काफ्ले, मदन उप्रेती, दुर्गामान गुरुङ, भक्ति पाठक, किरण बिमली, चन्द्रप्रसाद्र दहाल, प्रदिप चिमरिया, हर्क ल्वागुन, बसन्त इङ्गनाम, कुमार मोते, पुष्पराज बस्याल, दिलिप घतानी, दिपेन सिटौला, गायत्रीप्रसाद मैनाली, नर सिटौला, कमल गुरुङ तीर्थ सुबेदी, मधु पाठक, भिष्म सिटौला चयन भएका सचिब कालिकोटेले जानकारी दिए ।

भेलामा संयुक्त लोकतान्त्रिक बाम–गठबन्धन तर्फबाट तेह्रथुम प्रतिनिधि सभाका उम्मेद्वार नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नेता सीता गुरूङ, प्रदेशसभा ९क० का उमेरद्वावार महा समिति सदस्य, सन्तोष सुब्बा र माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रदेशसभा ९ख० का उम्मेद्वार दुर्गाप्रसाद चाँपागाई ९सचिन० लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आसन्न संघ र प्रदेश चुनाबको बिषयमा उम्मेदवारहरुले प्रतिबद्धतासहित आफ्नो भाबी कार्यनीतिको सुनाएका थिए । खड्ग इङ्नामको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मन्तव्य टंक सेडाई, मोहन सुब्बा, खड्ग कन्दन्वा ९रोसन०, ओम बिमली, मोहन पाइमले राखेका थिए भने सञ्चालन सचिब गणेश सौगात कालिकोटेले गरेका थिए ।

सम्बन्धित खबर