कनकाई अनलाईन
विकास निर्माण मात्रै नभएर लोकतन्त्र र संविधानको रक्षाका लागि समेत सबै नेपालीले गठबन्धनलाई भोट हाल्नुपर्ने नेपाली कांग्रेसका झापा जिल्ला सभापति एवम् झापा क्षेत्र नम्बर ४ का गठबन्धनका उम्मेद्धार देउमान थेबेले बताउँनुभएको छ ।
आज घरदैलो कार्यक्रममा कनकाई नगरपालिका ३ कालिस्थानमा बोल्दै थेबेले संविधानको रक्षा र दिगो विकासका लागि अफ्नो उम्मेद्धारी रहेको बताउँनुभयो । थेबेले आफुले गत २०७४ सालको निर्वाचनमा निर्वाचन हारेपनि जनताको सुख्ख दुख्खमा रहेको भन्दै विकास र संविधानको रक्षाका लागि आफुले निर्वाचनमा होमिएको बताउँनुभयो । म निर्वाचन हारेपनि जितेपनि तपाईहरुकै साथमा रहनेछु । विश्वास गर्नुहोस नेता थेबेले भन्नुभयो ।
यसैविच प्रदेश सांसद एकराज उप्रेती, माओवादी केन्द्रका समानुपातिकका उम्मेद्धार बिजय साम्पाङ्ग, कांग्रेसकी प्रदेश समानुपातिककी उम्मेद्धार लख्खी गणेश लगायातले गठबन्धनकै उम्मेद्धारले बिजयी भएमा मात्रै संविधानको रक्षा र दिगो विकास सम्भव भएको बताउँनुभयो । कार्यक्रमको संचालन नेपाली कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाईले गर्नुभएको थियो ।