Kanakai Online

झापा गौरादहमा गोली प्रहार गरि आत्महत्या


बुधवार, कार्तिक २, २०७९ |

कनकाई अनलाईन

झापा गौरादह नगरपालिका ८ जुरोपानीमा घरायसी विवाद हुदा एक भुतपुर्व सशस्त्र प्रहरीले कन्चटमा गोली हानि आत्महत्या गरेका छन ।
मंगलवार राती ७ बजेको समयमा झापा गौरादह ८ का ३६ बर्षिय बिरन शाहले विवाद हुदा आफ्नै दाजुको छोरा १५ बर्षिय हेमराज शाहलाई गोली प्रहार गरि घाईते बनाई आफु स्वयामले समेत कन्चतमा चाईनिज पेस्तोलबाट गोली प्रहार गरि हात्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउँनुभयो । घाईते हेमराजको ढाडमा गोली लागेको छ ।
शाहले दाजुका छोरा हेमराजलाई आफ्नै घरका अगाडि सानो चाईनिज पेस्तोल प्रहार गरि घाईते आत्महत्या गरेको प्रहरीले जनाएको छ । हाल घाईतेलाई उपचाका लागि विएण्डसी अस्पतालमा उपचार गराईरहेको छ भने घटनास्थलबाट कटुवा पेस्तोल एक थान, म्याजजिन २ थान गोलीका खोका १ थान र १५ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । घटनावारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।