Kanakai Online

बिकासको निम्ति आफ्नो उम्मेद्वारी थेवे, दर्लामी


मङ्गलवार, कार्तिक १, २०७९ |

कनकाई अनलाईन
नेपाली काङ्ग्रेस झापाका सभापति तथा झापा क्षेत्र न ४ का प्रतिनिधिसभाका प्रत्यासी उम्मेद्वार देउकुमार थेबे र प्रदेससभा क–का प्रत्यासी उम्मेद्वार झलकसिंह दर्लामीले शिवसतासी नगर्पालिका वडा नं– ४ र ५ मा घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलो तथा कोणसभा कार्यक्रम जनता बजार , स्याल्मारा , पाँचगाची , रङ्गेथान , बिश्वडुब्बा , भेलामुनी , बुलुचोक लगायत क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो ।


कार्यक्रममा समानुपातिकतर्फ प्रदेससभा सदस्यका प्रत्यासी उम्मेद्वार लख्खीदेवी गणेसको पनि उपस्थिति रहेको थियो । सो क्रममा गरिएको कोणसभामा नेपाली कांग्रेस झापाका पूर्व सचिव भक्ति सिटौला , पर्शुराम ढुंगाना , जयनारायण साह , रोहित साह , बिनोद ढकाल , असोक बस्नेत , पदम थापा लगायतको सहभागितामा रहेको थियो ।
घरदैलो एवम् विभिन्न स्थानमा आयोजित कोणसभामा कार्यक्रममा बोल्दै प्रत्यासी उम्मेद्वार थेबेले क्षेत्र नं–४ का आवश्यकता र विकास निर्माणका विषय समेटिएको घोषणापत्र यसअघि नै तयार पारिएको बताउँदै बिकासको मूल आफूहरुले मात्र फुटाउन सक्ने दाबी गर्नुभयो ।
निर्वाचनमा झुटा आश्वासन बाँड्नेलाई भन्दा कम बोलेर काम बढी गर्नेलाई मतदान गर्न आह्वान गर्दै नेता थेवेले यस क्षेत्रमा आफू सधै जनताको सुखदुःखमा साथमा रहेको बताउनुभयो ।
किसान, मजदुर, विभिन्न पेशाकर्मीहरुको समस्या के हो भन्ने विषयमा आफू जानकार रहेको बताउँदै उहाँले तमाम समस्याहरुलाई समाधान गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै झापा क्षेत्र नं–४ प्रदेश क का प्रत्यासी उम्मेद्वार झलकसिह दर्लामीले सुकुम्बासी समस्या समाधान आयोगमा बसेर राज्यकोषको सुबिधा दुरुपयोग गर्ने उमेदवारहरु अहिले जनता झुक्याउदै आएको बताउँदै चनाखो भएर मतदान गर्न आग्रह गर्नुभयो ।