Kanakai Online

संयुक्त गठबन्धले मात्र देशको भविष्य कायाकल्प गर्न सक्ने


मङ्गलवार, कार्तिक १, २०७९ |

कनकाई अनलाईन
बिर्तामोडः झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हरिकुमार रानाले एउटा दलले मात्र देश निर्माण गर्न नसक्ने प्रमाण २०७७र ०७८ बाट पुष्ठि भएको बताउँदै संयुक्त गठबन्धले मात्र देशको भविष्य कायाकल्प गर्न सक्ने बताएका छन् ।

झापा क्षेत्र नं। २ ९क ० को लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त चुनाव प्रचारप्रसार समितिको आइतबार बिर्तामोडमा कार्यालय उद्घाटन गर्दै नेता रानाले कांग्रेस, माओवादी, नेकपा एस लगायतका दलका शीर्ष नेताहरूले हिम्मत र साहस गरेर चालेको कदम स्वागत योग्य रहेको बताएका छन् ।

नेता रानाले देशलाई उन्नती , प्रगतिको पथमा लानका लागि एक दलिय शासनले नसक्ने जिकिर गर्दै लोकतान्त्रिक बाम९गठबन्धनले मात्र त्यो सम्भव हुने बताउनु भएको छ । गठबन्धन दलहरुले चालेको कदमले नै जित हासिल गरेको बताउँदै परिणाम मात्र पर्खिएको बताए । ‘एकता नै बल हो’ नेता रानाले भने ‘देशमा प्रजातन्त्र ल्याउनका सवै दलको एकता भएर मात्र सम्भव भएको थियो ।’

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका उम्मेदवारको चुनावी प्रचारप्रसार गर्ने उद्देश्यले आइतबार बिर्तामोडस्थित लिटल फ्लावर्स स्कुलको अगाडि पट्टि कार्यालय सञ्चालन गरिएको हो ।

झापा क्षेत्र नं। ९क ० का निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य ९क० का उम्मेद्वार पुष्पराज पोखरेल, निर्वाचन परिचालन समितिका सह९संयोजक मोहन सुब्वा , श्रीप्रसाद सिटौला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव गणेश कालिकोटेले गरेका थिए ।

सम्बन्धित खबर