कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका तर्फबाट कांग्रेस, माओवादी र नेकपा एसका तर्फबाट उम्मेद्धारी दिएका देउमान थेबेले स्थानीय समस्याका वारेमा आफु सबैभन्दा बढी जानकार भएको र निर्वाचन जितेपनि हारेपनि यी समस्या समाधानका लागि आफु सधै लागिपर्ने बताउँनुभएको छ ।
थेबेले आफ्नो गृहनगर कनकाईको ६ र ७ को सयुक्त चुनावी सभालाई आइतवार साँझ कनकाई ७ दुर्गापुरमा सम्वोधन गर्दै आफु १० बर्षसम्म गाविस अध्यक्ष बनेर सेवा गरिसकेको भन्दै थप १५ बर्ष समेत जिविस सयन्त्रको समेत अनुभव आफुसग रहेको भन्दै यस क्षेत्रका साना ठुला सबै समस्यासग आफु जानकार भएको बताउँनुभयो ।
निर्वाचनका वेला मात्रै आएर भाषण गरेको होइन म हिजो जनप्रतिनिधि हुदा पनि यहाँका समस्यासग सगै थिए र भोली जितेर जादा होस या हार्दा होस म सधै जनतासगै रहने छु । थेबेले भन्नुभयो । शनिवारबाट कनकाई तर्फको चुनावी अभियान थालेका थेबेले यहाँका सन्काह, कनकाई, विरिङ लगायातका साना ठुला नदिका कारण जनताले भोग्नुपरेका समस्याका वारेमा आफैपनि पिडित भएकोले सबै कुरामा जानकार रहेको बताउँनुभयो ।
कार्यक्रममा प्रदेशसभाका उम्मेद्धार एकराज उप्रेतीले समेत आफ्ना धारणा राख्नुभएको थियो । माओवादीका कनकाई नगर कमिटी उपाध्यक्ष कृष्ण खतिवडाको स्वागत रहेको कार्यक्रममा कांंग्रेसका ७ नम्बर सभापति इश्वरी शिवाकोटीको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो ।