Kanakai Online

गगन पुरी विरुद्ध हालिएको चुनावी मुद्धा खारेज


सोमवार, असोज ३१, २०७९ |

कनकाई अनलाईन
नेकपा माओवादी केन्द्र को तर्फबाट झापा क्षेत्र नं। ५ ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार गगन पुरीविरुद्धको मुद्दा खारेज भएको छ । सर्वोच्च अदालतले उनको उम्मेदवारीविरुद्ध परेको मुद्दा खारेज भएको हो ।

एमाले केन्द्रीय सदस्य गोविन्द थापाले प्रतिशोध साध्न कानुन व्यवसायी लगाएर सम्पति सुधिकरणमा मुद्दा चलिरहेको भन्दै पुरीको उम्मेदवारीविरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।

सर्वोच्चले दाबी नपुगेको भन्दै आइतबार मुद्दा खारेजी गरेको हो । पुरीसँग एमालेका तर्फबाट गोविन्दका दाइ होमबहादुर थापा चुनावी मैदानमा छन् ।

सम्बन्धित खबर