Kanakai Online

सुरुङ्गाबाट लाखौको पटाका बरामद


शुक्रवार, असोज २८, २०७९ |

कनकाई अनलाईन
खुल्ला सिमाको फाइदा उठाउदै झापामा तिहार र छठ पर्व लक्षित प्रतिबन्धित बारुदजन्य पटाका भारतबाट धमाधम नेपाल भित्रिन थालेको छ ।

झापाका सीमा नाकाबाट तस्करीको माध्यमबाट नेपाल भित्राइएको करिब ७ लाख ५० हजार मुल्य बराबरको पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा कनकाई नगरपालिका– ५ तुलसीवारिस्थित भित्री सडक खण्डबाट ११ बोरा पटाका बरामद गरेको हो ।

झापा गाउँपालिकाको टाघनडुब्बा नाकाबाट भित्राइएको सो परिमाणको पटाका गाडी हालेर बजारतर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको जनाइएको छ ।

बरामद गरिएको पटाकाहरूमा झिरझिरे, जगमग, खोर्सानी, अनार, चक्र, रकेट, ३० र ५० साउन्ड बम लगायत रहेको सशस्त्र प्रहरीका एसपी प्रदीपसिंह कार्कीले जानकारी दिनुभयो ।

बरामद गरिएको पटाकालाई सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाको परिसरभित्र नष्ट गरिएको छ । सीमा नाकाबाट अवैध रुपमा पटाका लगायतका सरसामान भित्रिन थालेपछि सशस्त्र प्रहरीले सीमा नाकामा उच्च सतर्कता बढाएको एसपी कार्कीको भनाई छ ।
यसैगरि झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेचीखोलाबाट अबैंध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको एकसय २० केजी सुपारी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले अवैध रुपमा नेपालबाट भारत तर्फ लगिदै गरेको सुपारी नियन्त्रणमा लिएको हो ।

अबैंध रुपमा लगिएको एकसय २० केजी सुपारी ८० हजार रुपैयाँ बराबरको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सुपारी आवश्यक कार्वाहीको लागि मेचि भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर