कनकाई अनलाईन
कनकाइ भेट्रान क्लबको अध्यक्षमा श्याम राई सर्वसम्मत चयन हुनुभएको छ ।
आज कनकाई ३ को वार्ड कार्यालयमा भएको क्लवको भेलाले राईको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको हो ।
क्लवको चौथो साधरण सभा तथा दोश्रो महाधिवेशनले राईको नेतृत्वमा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा अखिल गिरी सचिवमा रमेशचन्द्रबाबु मैनाली र कोषाध्यक्षमा सन्तोस लिम्बु चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा रमेश कार्की, अशोक बराल, सागर गौतम, राजेश अघोरी र उज्ज्वल बास्तोला रहनुभएको छ । कार्यसमितिलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल लगायातले शुभकामना दिनुभएको थियो । कनकाई भेट्रान क्लवले हरेक बर्ष कनकाई भेट्रान कप फुटबल खेलाउदै आएको छ ।