Kanakai Online

झापा ४ बाट भरत श्रेष्ठले लिए उम्मेद्धारी फिर्ता खुश्बु ओलीको यथावत


बुधवार, असोज २६, २०७९ |

कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ मा आज संघिय समाजवादी नेपाल पार्टीका केन्द्रिय सल्लाहकार समेत रहनुभएका भरतकुमार श्रेष्ठले आफ्नो उम्मेद्धारी फिर्ता लिदा अर्की प्रतिनिधिसभाकी उम्मेद्धार रहेकी सुन्दरी नेत्री खुश्बु ओलीले भने आफ्नो उम्मेद्धारी जारी राखेकी छिन । ओली राप्रपा पार्टीकी केन्द्रिय प्रशिक्षण विभागकी सदस्य समेत रहेकी थिइन । उनको उम्मेद्धारी यथावत रहदा नेकपा एमालेका उम्मेद्धारलाई केही घाटा भएको छ भने भरत श्रेष्ठले उम्मेद्धारी फिर्ता लिदा भने एमाले फाइदामा छ किनभने संघिय समाजवादी केन्द्रमा एमालेसग गठबन्धनमा रहेको छ । यसैगरि झापा क्षेत्र नं. ४ मा प्रतनिधिसभाका लागि २० जनाको उम्मेदवारी परेकोमा २ जनाले उम्मेदवारी फिर्ता लिएको र प्रदेश शभाका लागि क्षेत्र ४ को “क” र “ख” मा गरि जम्मा २३ जनाको उम्मेदवारी परेकोमा “ख” बाट एक जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यलय झापा क्षेत्र नं. ४ का निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिनुभएको छ ।

उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधिशभाका स्वतन्त्र तर्फका उम्मेदवार ख्यामराज नेपाल र राप्रपा नेपालका विजय राजवंशी रहेका छन भने प्रदेश शभामा क्षेत्र नं. ४ “ख”का स्वतन्त्र तर्फका उम्मेदवार भरत कुमार श्रेष्ठ रहेका छन । अब झापा क्षेत्र नं ४ मा प्रतिनिधि शभा र प्रदेश शभामा गरि जम्मा ४० जनाको उम्मेदवारी कायम भएको छ ।

प्रतिनिधिसभाका लागि झापा क्षेत्र नं. ४ बाट सक्तासाझेदार दल माओवादी केन्द्र सहित ५ दलको गठबन्धनमा रहेको नेपाली कांग्रेसले पार्टीका जिल्ला सभापति देउकुुमार थेवे, राप्रपा सँग गठवन्धन गरेको नेकपा एमालेका तर्फवाट लालप्रसाद साँवा लिम्बु, नेपाली काँग्रेस विपिका तर्फवाट दुर्गाप्रसाद घिमिरे, मंगोल नेशनल अर्गनाईजेसनका तर्फवाट दिलिप धिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फवाट ग्यासुदिन मिया, राष्ट्रिय जनमुक्ती पार्टीका तर्फवाट मनकुमार ताम्बादेन (लिम्बु), हाम्रो नेपाली पार्टीका तर्फवाट चर्चित बामपन्थी नेता युक्तप्रसाद भेटवाल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फवाट लाहान सिं तुम्बापो, नेपाल मजदुर किसान पार्टीका तर्फवाट विक्रम काँसिछवा, जनमत पार्टीका तर्फवाट सत्यनारायण राजवंशी, जनता समाजवादी पार्टी नेपालका तर्फवाट हर्कराज राई, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फवाट शुम्भु प्रसाद ढकाल, स्वतन्त्र लक्ष्मीनारायण खनाल, स्वतन्त्र पूर्णकुमार लिम्बु (फेजुङ्ग), स्वतन्त्र कमलबहादुर पौडेल, स्वतन्त्र किरण श्रेष्ठ, स्वतन्त्र खुश्वु ओली र नन्दराज राई सहित १८ जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यलयले सुचना प्रकाशन गरेको छ ।

त्यस्तै क्षेत्र अन्तर्गतको प्रदेश “क” मा निवर्तमान प्रदेश सभा सदस्य झलकबहादुर मगरसहित १० जनाले मनोनयन दर्ता गराएकोमा मनोनयन फिर्ता कसैले नगरे पछि सबैको उम्मेदवारी कायम भएको छ । जसमा नेकपा एमालेका तर्फबाट राधाकृष्ण खनाल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उमानाथ दमाई, जनमत पार्टीका तर्फवाट गोन्धा ताजपुरिया, मंगोल नेशनल अर्गनाईजेसनका भरत राई, राष्ट्रिय जनमुक्ती पार्टीका तर्फवाट संगिता लिम्बु नेम्वाङ्ग, हाम्रो नेपाली पार्टी होम प्रसाद गौतम, स्वतन्त्र तर्फवाट मेहरमान बसनेत, रमेशप्रसाद आचार्य र शान्तिराम न्यौपानेको रहेका छन ।

प्रदेश “ख” मा गठवन्धनका तर्फवाट नेपाली काँग्रेसका एकराज उप्रेतीसहित १३ जनाको उम्मेद्वारी परेकोमा १ जनाले फिर्ता लिएपछि अब १२ जनाको उम्मेदवारी कायम भएको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तीप्रसाद सिटौला, नेपाल कम्यूनिष्ट पार्टी माक्र्सवाद “पुस्पलाल” टेकबहादुर अधिकारी, हाम्रो नेपाली पार्टीवाट केशव वजगाँई, मौलिक जरोकिलो पार्टीवाट उमाकान्त सिटौला, मंगोल नेशनल अर्गनाईजेसनका अम्विका बहादुर तामाङ्ग, राष्ट्रिय जनमुक्ती पार्टीका मंगल सिंह साम्मेखाम, लोकतान्त्रिक समाजवादी पार्टी राजकुमार राजवंशी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका स्वामीप्रसाद लिम्बु , जयप्रसाद चौलागाई, केहरसिंह बस्नेत र जनमत पार्टीका तर्फवाट देवान टुडु रहेका छन ।