Kanakai Online

झापामा १५ जनाको उम्मेद्धारी फिर्ता


बुधवार, असोज २६, २०७९ |

कनकाई अनलाईन
झापामा १५ जना उम्मेद्धारले आफ्नो उम्मेद्धारी फिर्ता लिएका छन ।
उम्मेद्धारी फिर्ताको अन्तिम समयमा आएर झापाका प्रतिनिधिसभका ७ र प्रदेशसभाका ८ जनाले बुधवार आआफ्नो उम्मेद्धारी फिर्ता लिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपाललले बताउँनुभयो । झापामा २०७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधिसभा निर्वाचनका लागि १०१ र प्रदेशसभा निर्वाचनका लागि १०६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । १५ जनाको उम्मेद्वारी फिर्ता भए पछि अब झापामा १९२ जना उम्मेद्वार कायम रहेका छन ।

यसरी उम्मेदवारी फिर्ता लिनेहरूमा झापा क्षेत्र नं १ बाट राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने सन्तराज कार्की, १ को प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिने गीताप्रसाद अधिकारी र राजन चिमरिया यसैगरि क्षेत्र नं २ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने कमलप्रसाद खरेल, स्वतन्त्र उम्मेदवारी दिने अर्पण बस्नेत, क्षेत्र नं ४ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने विजयप्रसाद राजवंशीले उम्मेद्वारी फिर्ता लिनुभएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवारी दिने खेम नेपाल,४ को प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने भरत श्रेष्ठ रहनुभएको छ । त्यस्तै क्षेत्र नं ५ मा ७ जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनतर्फ २ जना तथा ५ को ‘क’ मा एकजना र ‘ख’ मा ४ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिने सुलोचना राजवंशी, विष्णुप्रसाद सिग्देल, प्रदेशतर्फ ५ को ‘क’मा स्वतन्त्र उम्मेदवारी दिने इन्द्रबहादुर न्यौपाने, ५ को ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने वेदनिधि गौतम, दिपेन्द्र तिवारी, राजन चापागाई र राप्रपा नेपालका उम्मेदवार वासुदेव भट्टराईले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

सम्बन्धित खबर