कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ मा प्रदेश र संघ गरि ४३ जनाले उम्मेद्धारी दर्ता गराएका छन । नामै नसुनिएका र जिल्ला वाहिरबाट आएर उम्मेद्धारीकै लागि उम्१मेद्धारी दिने प्रचलनले भने झापा क्षेत्र नम्बर ४ को निर्वाचनमा धेरै उम्मेद्धारले १ सय मत समेत नकटाउने देखिएको छ ।
यद्धपि आजै धेरै उम्मेद्धारले मनोनयन फिर्ता लिने सम्भावना समेत रहेको छ ।
झापा ४ बाट सक्तासाझेदार दल माओवादी केन्द्र सहित ५ दलको गठबन्धनमा रहेको नेपाली कांग्रेसले पार्टीका जिल्ला सभापति देउकुुमार थेवे, राप्रपा सँग गठवन्धन गरेको नेकपा एमालेका तर्फवाट लालप्रसाद साँवा लिम्बु, नेपाली काँग्रेस विपिका तर्फवाट दुगाप्रसाद घिमिरे, मंगोल नेशनल अर्गनाईजेसनका तर्फवाट दिलिप धिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फवाट .ग्यासुदिन मिया, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फवाट विजयप्रसाद राजवंशी, राष्ट्रिय जनमुक्ती पार्टीका तर्फवाट मनकुमार ताम्बादेन ९लिम्बु०, हाम्रो नेपाली पार्टीका तर्फवाट चर्चित बामपन्थी नेता युक्तप्रसाद भेटवाल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फवाट लाहान सिं तुम्बापो, नेपाल मजदुर किसान पार्टीका तर्फवाट विक्रम काँसिछवा, जनमत पार्टीका तर्फवाट सत्यनारायण राजवंशी, जनता समाजवादी पार्टी नेपालका तर्फवाट हर्कराज राई, १३। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फवाट शुम्भु प्रसाद ढकाल, स्वतन्त्र लक्ष्मीनारायण खनाल, स्वतन्त्रतर्फवाट, पूर्णकुमार लिम्बु ९फेजुङ्ग०, स्वतन्त्र कमलबहादुर पौडेल, स्वतन्त्र किरण श्रेष्ठ, स्वतन्त्रबाट चर्चित मोडल खुश्वु ओली, स्वतन्त्र ख्याम नेपाल र नन्दराज राई रहेका छन् ।
त्यस्तै क्षेत्र अन्तर्गतको प्रदेश ९क० मा निवर्तमान प्रदेश सभा सदस्य झलकबहादुर मगरसहित १० जनाले मनोनयन दर्ता गरेका छन् दर्ता हुनेहरुमा नेकपा एमालेका तर्फबाट राधाकृष्ण खनाल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उमानाथ दमाई, जनमत पार्टीका तर्फवाट गोन्धा ताजपुरिया, मंगोल नेशनल अर्गनाईजेसनका भरत राई, राष्ट्रिय जनमुक्ती पार्टीका तर्फवाट संगिता लिम्बु नेम्वाङ्ग, हाम्रो नेपाली पार्टी होम प्रसाद गौतम, स्वतन्त्र तर्फवाट मेहरमान बसनेत, रमेशप्रसाद आचार्य र शान्तिराम न्यौपाने रहेको छन् ।
प्रदेश ९ख० मा १३ जना गठवन्धनका तर्फवाट नेपाली काँग्रेसका एकराज उप्रेतीसहित १३ जनाको उम्मेद्वारी परेकोछ । उम्मेद्वारी दर्ता गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तीप्रसाद सिटौला, नेपाल कम्यूनिष्ट पार्टी माक्र्सवाद ९पुस्पलाल० टेकबहादुर अधिकारी, हाम्रो नेपाली पार्टीवाट केशव वजगाँई, मौलिक जरोकिलो पार्टीवाट उमाकान्त सिटौला, मंगोल नेशनल अर्गनाईजेसनका अम्विका बहादुर तामाङ्ग, राष्ट्रिय जनमुक्ती पार्टीका मंगल सिंह साम्मेखाम, लोकतान्त्रिक समाजवादी पार्टी राजकुमार राजवंशी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका स्वामीप्रसाद लिम्ब, स्वतन्त्र तर्फवाट भरत कुमार श्रेष्ठ, जयप्रसाद चौलागाई, केहरसिंह बस्नेत र जनमत पार्टीका तर्फवाट देवान टुडु गरी जम्मा ४३ जनाले उम्मेद्वारी मनोनयन गराएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृतको कार्यालय कनकाई नगरपालिकामा भएको उम्मेद्वारी मनोनयका क्रममा सबैभन्दा बढी उमेरका ८१ वर्षीय जयप्रसाद चम्लागाईँले स्वतन्त्र तर्फ प्रदेश ९ख० मा आफ्नो उम्मेद्वार दर्ता गराएका छन् भने सबैभन्दा कम उमेर भएका २७ वर्षीय किरण श्रेष्ठले समेत प्रतिनिधि सभा सदस्यकालागि उम्मेद्वारी मनोनयन गराएका छन् ।
झापाको क्षेत्र नं।४ मा ६१ हजार १ सय १ महिला र ६२हजार २२ पुरुष साथै अन्य १ गरी जम्मा १ लाख २३ हजार १२४ मतदाता संख्या रहेको बताइएको छ । विभिन्न स्थानमा गरी ६३ मतदान स्थल रहेको यस क्षेत्रमा १४९ वटा मतदान केन्द्र रहने बताइएको छ ।