कनकाई अनलाईन
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतस्पिर्धामा उत्रनका लागि अन्य सबै राजनीतकि दलहरूलाई आग्रह गर्नुभएको छ ।
बडादसैँ, नेपाल संवत्, तहिार, छठलगायत चाडपर्वका अवसरमा आज गृहजल्लिा झापाको बर्तिामोडमा आयोजति शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा उहाँले अस्वस्थ प्रतस्पिर्धा लोकतान्त्रकि अभ्यास नहुने भन्दै सबैदलहरुमा यो आव्हान गर्नुभएको हो ।
“हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतस्पिर्धा हो”, उहाँले भन्नुभयो, “प्रतस्पिर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रकि राजनीतति हुँदैन ।” उहाँले दलहरुबीच राष्ट्रयि एकता र बहुदलीय प्रतस्पिर्धाको गरमिा कायम राख्ने विषयमा सबैदलविचमा एकता हुनुपर्ने बताउँनुभयो ।
एमाले अध्यक्ष ओलीले शुभकामना मन्तव्यका क्रममा दसैँको सांस्कृतकि, सामाजकि र पौराणकि महत्वयमाथि चर्चा गर्दै मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, नारी शक्तकिो उपासना गर्ने र असत्यलाई पराजति गर्ने सन्देश दिने चाडमा रुपमा दसैलाई लिनुपर्नेमा जोड दिनुभयो । यस्तो विशेषता अन्य मुलुकमा नभएको भन्दै दशै चाडको महत्व अन्य देशमा भने नरहेको ओलीको भनाई थियो ।
उहाँले २०५१ सालदेख िगृहजल्लिामा दसैँको महानवमीका अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आउनुभएको छ ।
सो अवसरमा राष्ट्रयि प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, माओवादी केन्द्रका केन्द्रिय सदस्य रन्जित तामाङ, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईं, जनता समाजवादी पार्टी झापा अध्यक्ष दीपेनबाला राईलगायत वभिन्नि राजनीतकि पार्टीका नेता, नेकपा एमालेका नेता, उद्योगी, व्यवसायी र पेसाकर्मीहरुको उपस्थति रहेको थयिो । यसैविच ओलीले आफ्नो शुभचिन्तक र आफन्तहरुलाई आजै दशमीका दिन विहान १ घण्टा आफ्नै निजि निवास दमकमा सामुहिक टिका जमरा लगाइदिने कार्यक्रम रहेको समेत उहाँको सचिवालयले जनाएको छ ।