कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि खुदुनावारीले हात पारेको छ । सोमवार सम्पन्न फाईनल खेलमा डाँगीवारी फुटबल क्लवलाई ४—० गोल अन्तरले पराजित गर्दै खुदुनावारी बिजयी बनेर नगद ५० हजार प्राप्त गर्यो । उपबिजयी बनेको डाँगीवारीले उपबिजयी हुदै नगद ३० हजार रुपैँया पाएको छ । खेलमा सबै गोल दोस्रो हाफमा भएको हो ।
बिजयी टिमका लागि नेमा दोर्जे तामाङले २ गोल, प्रमोद चौधरीले १ गोल गर्नुभएको थियो भने १ गोल अनगोल भएको थियो । बिजयी तथा उपबिजयी दुबै टिमलाई निर्वतमान संघिय सांसद एलपीसाँबा लिम्बु र कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल कनकाई नगरपालिका २ का वडाअध्यक्ष प्रताप राई लगायातले नगद तथा ट्रफी प्रदान गर्नुभयो । प्रतियोगितामा झापाका ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा वेस्ट गोलकिपरको उपाधि डाँगीवारीका बिजय टुडु, हाइस्कोरको उपाधि डागिवारीकै श्याम मुमु, म्यान अफ द म्याचको उपाधि खुदुनावारीका सौरब लिम्बु हुदै पुरस्कृत हुनुभयो ।
प्रतियोगिता अघि विविध सास्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो । कार्यक्रमको संचालन पत्रकार अनुप भण्डारीले गर्नुभएको थियो भने कलाकार तथा पत्रकार आइपी भट्टराईले प्रतियोगिताको वारेमा प्रकाश पार्नुभएको थियो । प्रतियोगिताको प्रथम ट्रफि र नगद ५ हजार रुपैँया कलाकार तथा पत्रकार आइपी भट्टराईले प्रदान गर्नुभएको थियो ।