कनकाई अनलाईन
वडादसैँको अवशर पारेर लोपोन्मुख सन्थाल जातिहरुको सास्कृतिक झाँकीसहितको नृत्य प्रतियोगिताको आयोजना गरिएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा झापाको कनकाई माविको खेल मैदानमा भएको सन्थाल नृत्यमा झापा र मोरङ जिल्लाका १८ सन्थाल टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताबाट गौरीगंञ्ज सन्थाल युवा क्लव प्रथम,झापा गाउँपालिका सन्थाल टिम दोस्रो, बाह्रदशी राजगढ सन्थाल टिम तेस्रो र मदरगाछ सन्थाली टिम शान्तना भएको छ ।
बिजयी टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले क्रमश ३१ हजार, २५ हजार, २१ हजार १८ हजार रुपैँया नगद सहित प्रमाण पत्र प्रदान गर्नुभयो ।
साथै यस प्रतियोगिता गर्ने आयोजक संस्था कनकाई खेलकुद प्रतिष्ठानलाई नगद १ लाख रुपैँया समेत आर्थिक सहयोग गर्नुृभएको थियो । दसै मेलाको सन्थाल सास्कृतिक कार्यक्रममा भाग लिनका लागि सन्थाल युवा युवती सहितको सन्थाल समुदाय आफ्ना मौलिक बाजागाँजा र भेषभुषामा सहभागि हुनुभएको थियो ।
प्रतियोगिताको प्रथम दोस्रो तेस्रो पुरस्कार समेत कनकाई नगरपालिकाको वार्ड कार्यालयबाटै पुरस्कारको व्यावस्थापन गरिएको आयोजक सस्थाका अध्यक्ष छवि थपलियाले बताउँनुभयो । यसरी लोप हुन लागेको सन्थाली नृत्यका लागि कनकाई नगरपालिका र वार्डकार्यालयहरुको सहयोग पाएसगै यस प्रतियोगितालाई निरन्तताको तयारीमा रहेको अध्यक्ष थपलियाले बताउँनुभयो । प्रतियोगिता कनकाई माविको खेल मैदानमा भएको थियो ।