कनकाई अनलाईन
वडादसैको अवशर पारेर कनकाई नगरपालिका ६ को टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधि मन्सापुर टोलको पोल्टामा परेको छ ।
आज भएको फाइनल खेलमा मन्सापुरले गायत्री आदर्श टोललाई ट्राईब्रेकरमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । उपाधिसगै मन्सापुरले नगद १५ हजार प्राप्त गर्यो, उपबिजयी हुने गायत्री टोलले १० हजारमा चित्त बुझायो ।
प्रतियोगताको सान्तना पुरस्कार भने पारिजात क्याम्पा टोल विकास समितिले जितेको छ । यसैविच प्रथम हुने टिमलाई थप नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगद ३ हजार र टोल विकास समितिका अध्यक्षको तर्फबाट नगद ५ हजार रुपैँया समेत प्रदान गरिएको थियो । यसैगरि दोस्रो हुने गायत्री आदर्श टोललाई समेत नगरप्रमुख पोखरेलले थप नगद २ हजार रुपैँया प्रदान गर्नुभयो ।
प्रतियोगितामा खेल अवधिमा दुबैको समान १÷१ गोल भएपछि खेलको निर्णय सोझै पेलान्टी सुटआउटबाट गरिएको हो । खेलको पहिलो हाफमा मन्सापुरका तर्फबाट तिलक बास्तोलाले गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा आदर्श गायत्री टोलका विवेक कार्कीले बराबरी गोल गर्दै खेल ट्राईब्रेकरमा धकेलेका थिए ।
चम्पापुर माविको खेल मैदानमा असोज ९ गतेदेखि संचालनमा रहेको प्रतियोगितामा कनकाई ६ का ८ टोलका फुटबल टिमहरुको सहभागिता रहेको थियो । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुबाट कनकाई नगरपालिका ६ को फुटबल टिम बनाईने कनकाई ६ का वडाअध्यक्ष दिर्घबहादुर थापाले बताउँनुभयो ।
प्रतियोगितामा मेन अफ द सिरिज बिजयी टिमका किसान उप्रेती हुनुभयो भने फाईनल खेलको म्यान अफ द म्याच उपबिजी टिम गायत्रीका रोषन न्यौपाने भए । प्रतियोगितामा बोल्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले कनकाई नगरमा महिला फुटबल टिमका झै एक सशक्त पुरुष फुटबल टिमको निर्माण गरिन लागेको जानकारी दिनुभयो ।
वडाअध्यक्ष दिर्घबहादुर थापाले चाडै वार्डको टिम घोषणा गरिने बताउँनुभयो । कार्यक्रममा संचालन कनकाई ६ का खेल विकास समितिका अध्यक्ष सुर्यप्रसाद पौडयालले गर्नुभएको थियो ।