कनकाई अनलाईन
कनकाई खेलकुल प्रतिष्ठान कासाले वडा दसैँको अवशर पारेर फुलपातीका दिन आइतवार वृहत जिल्ला स्तरीय सन्थाल नृत्य प्रतियोगिताको आयोजन गर्ने भएको छ ।
प्रतियोगिताको तयारीको सबै तयारी पुरा गरिसकिएको आयोजकले सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । संस्थाका अध्यक्ष छवि थपलियाले झापा तथा मोरङका १८ टिमको नृत्य प्रतियोगितामा भाग लिने जानकारी दिनुभयो ।
प्रतियोगिताबाट लोप हुन लागेको सन्थाल नृत्यको जर्गेना र प्रवद्धन मात्रै नभएर दसैका वेला टाडा टाडाबाट आउने आफन्तजनहरुका लागि मनोरञ्जन समेत प्राप्त हुने आयोजक संस्थाका संस्थापक अध्यक्ष ज्योती उप्रेतीले जानकारी दिनुभयो ।
प्रतियोगिता संचालनका लागि कनकाई नगरपालिकाबाट नगद १ लाख रुपैँया सहयोग भएको छ भने कनकाईका ९ वटै वार्डबाट आर्थिक सहयोग समेत प्राप्त भएको छ । प्रतियोगिताका लागि चौथो पुरस्कार समाजसेवी एकराज उप्रेतीबाट प्राप्त भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार नगद ३१ हजार, दोस्रो पुरस्कार २५ हजार, तेस्रो पुरस्कार २१ हजार , चौथो पुरस्कार १८ हजार, पाचौ पुरस्कार नगद १५ हजार रुपैँया पाउने छन भने सान्तना पुरस्कार नगद १० हजार रुपैँया रहेको छ ।
पत्रकार सम्मेलनमा आयोजक कनकाई खेलकुद प्रतिष्ठानका पुर्वअध्यक्ष दिनानाथ खतिवडा, उपाध्यक्ष अम्बिकादेवि खरेल, सचिव मान्ता खरेल, सदस्यहरु हरि कार्की, सल्लाहकार राजेन्द्र उप्रेती लगायातले प्रतियोगिताको वारेमा बोल्नुभएको थियो । प्रतियोगिता कनकाई माविको खेल मैदानमा आइतवार हुदै छ ।