Kanakai Online

लालपानी माविका विद्यार्थीलाई छात्रवृत्ति र पुर्नमिलन


बिहिवार, असोज १३, २०७९ |

कनकाई अनलाईन
लालपानी मावि शिवसताक्षी ७ का विद्यार्थीहरुलाई अन्तराष्ट्रिय झापाली समाजले छात्रवृत्ति बितरण गरेको छ ।


विद्यालयमा आयोजित विशेष कार्यक्रमका विच अन्तराष्ट्रिय झापाली समाजका महासचिव नविन पोखरेल, विद्यालयका पुर्व विद्यार्थी समेत रहेका अन्तराष्ट्रिय वैज्ञानिक डाक्टर कुमार मैनाली दाता परिवारका तर्फबाट टिकाराम मैनाली लगायातले विद्यालयमा अध्यानरत् विद्यार्थीद्धय अमन मुण्डा र सेवक पोखरेललाई उक्त छात्रवृत्तिको रकम प्रदान गर्नुभयो ।
दसैको शुभकामनाको समेत कार्यक्रम राखिएको उक्त कार्यक्रममा बोल्दै विद्यालयका पुर्व विद्यार्थी अन्तराष्ट्रिय वैज्ञानिक डाक्टर मैनालीले विद्यार्थीले आफ्नो लक्ष्यमा पुग्नका लागि सानो ठुलो लक्ष्य बनाइर निरन्तर लागिपनुपर्नेमा जोड दिनुभयो । म सानो ठाउँमा पढेको म गाउँमा हुर्केको हु के नै पो हुन्छ र भन्ने सोचाई हरेक विद्यार्थीले त्याग्न सक्नुपर्नेमा मैनालीको जोड थियो । मैनाली सम्मिलित वैज्ञानिकहरुको टोलीले अमेरिकामा गरेको अध्यान र अनुसन्धानबाट विश्वभरका लागि टेक्नोलोजी र वनस्पति र जंगली जनावारका क्षेत्रमा काम गर्दै थुप्रै अध्यान अनुसन्धान गरिसक्नुभएको छ ।

यसैगरि सोही कार्यक्रममा विद्यालयका पुर्व विद्यार्थी समेत रहनुभएका झापा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्र थपलिया, अन्तराष्ट्रिय झापाली समाजका महासचिव नविन पोखरेल, समाजसेवी टिकाराम मैनाली, पुर्व विद्यार्थी समाजका महासचिव खेम गौतम, युवा नेता शिव कडेँल लगायातले विद्यालयको वृद्धिविकासका लागि पुर्व विद्यार्थीहरुले विद्यालयलाई गरेको योगदानको खुलेर प्रसंसा गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रअ वालकृष्ण प्रसाईले विद्यालयको शैक्षिक गतिविधिका वारेमा प्रकाश पार्नुभएको कार्यक्रमको संचालन शिक्षक त्रिलोचन उप्रेतीले गर्नुभएको थियो ।

सोही कार्यक्रममा विद्यालयका विद्यार्थीद्धारा विविध सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।