Kanakai Online

कनकाई नगरपालिकामा स्थानीय निर्वाचनका उम्मेद्धारको पिडा आयो मत ७ निर्वाचन आयोगले तोक्यो जरिवाना ४ लाख ५० हजार


सोमवार, असोज १०, २०७९ |

कनकाई अनलाईन
स्थानीय निर्वाचनमा कनकाई नगरपालिकाबाट खर्च विवरण गत नबुझाउने उम्मेद्धारमा रोचक तथ्य फेला परेको छ । कनकाई नगरपालिकामा उपमेयरमा उम्मेद्धार दिनुहुने उन्नत लोकतन्त्र पार्टीकी उम्मेद्धार विन्दिया वराइलीको जम्मा ७ मत आयो त्यस्तै स्वतन्त्रका अर्का उम्मेद्धार देविप्रसाद उप्रेतीको पनि जम्मा मत ११ आयो तर यीनै उम्मेद्धारले निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले जनही ४ लाख ५० हजार रुपैँया जरिवाना तोकेको छ । त्यसो त राप्रपाका मेयरका उम्मेद्धार श्यामसुदर ओली सहितका उम्मेद्धारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।

निर्वाचन आयोगले खर्च विवरण नबुझाउने कनकाई नगरपालिकाका राप्रपाका मेयरका उम्मेद्धारलाई श्यामसुन्दर ओली र उपमेयरका उम्मेद्धार सचित्रा खनाल चुडाललाई जनही ४ लाख ५० हजार रुपैँया जरिवाना तोकेको छ । २० भन्दा कम मत आउने उम्मेद्धारलाई समेत ४ लाख ५० हजार जरिवाना तोकिएपछि कनकानई नगरमा हल्लीखल्ली सुरु भएको छ । यो जरिवानालाई लिएर रहर गर्ने उम्मेद्धारमाथि समेत टोल समेत बनेको छ ।
यसैगरि उपमेयरकी उम्मेद्धार नेकपा एकिकृतकी उम्मेद्धार अम्बिका उप्रेतीलाई समेत ४ लाख ५० हजार जरिवाना तोकिएको छ । उप्रेतीेले स्वतन्त्र उम्मेद्धार शेरबहादुर थापासग तालमेल गरेर उम्मेद्धारी दिनुभएको थियो । यसैगरि उपमेयरकै उम्मेद्धार रहनुभएकी उन्नत लोकतन्त्र पार्टीकी विन्दिया वराइलीलाई समेत ४ लाख ५० हजार रुपौया जरिवाना तोकिएको छ । यसैगरि कनकाई नगरपालिका १ का निर्वाचित वडाअध्यक्ष सुशिलकुमार पोखरेललाई समेत नगद २ लाख जरिवाना तोकिएको छ । पोखरेल एमालेबाट निर्वाचित उम्मेद्धार हुन । यसैगरि वार्डनम्बर १ कै राप्रपाबाट उम्मेद्धार दिएर पराजित विष्णु ओलीलाई समेत २ लाख जरिवाना तोकिएको छ ।

यसैगरि कनकाई १ बाटै वडाअध्यक्षमा उम्मेद्धारी दिएर पराजित माओवादी केन्द्रकी खगमाया चापागाईलाई समेत नगद २ लाख जरिवाना तोकिएको छ । कनकाई १ बाटै निर्वाचित महिला सदस्य निर्मला खडकालाई समेत नगद २ लाख रुपैँया जरिवाना तोकिएको छ । यसैगरि वडा नम्बर १ बाटै गिता कुमारी कट्टेल राप्रपा, सीता घिमिरे भट्टराई माओवादी केन्द्र, संजिता घतानी एमालेबाट निर्वाचित, सुस्मिता घतानी राप्रपा दलित महिला सदस्य, हरिकुमार राई निर्वाचित एमाले, दलबहादुर थापा निर्वाचिन एमाले, कैलासकुमार पोखरेले राप्रपा, कपिलबहादुर विक राप्रपा वार्ड सदस्य उम्मेद्धार, पुकार वराल र कृष्णप्रसाद सिटौला माओवादी केन्द्रका उम्मेद्धारलाई समेत जनही २ लाख जरिवाना तोकिएको छ । यसैगरि वार्ड नम्बर २ मा समेत वार्डअध्यक्षका उम्मेद्धारहरु स्वतन्त्रका परर्शुराम गिरी र माओवादी केन्द्रका मेघराज पाठकलाई समेत जनही २ लाख रुपैँया जरिवाना तोकिएको छ । यसैगरि राप्रपाका वडाअध्यक्षका उम्मेद्धार सुरेन्द्र अधिकारीलाई समेत २ लाख जरिवाना तोकिएको छ ।

यसैगरि कनकाई ३ मा स्वतन्त्रका वडाअध्यक्षका उम्मेद्धार युवराज संग्रौला र राप्रपाका वडाअध्यक्षका उम्मेद्धार हरिन्द्र कार्कीलाई नगद २ लाखका दरले जरिवाना तोकिएको छ । यसैगरि वार्ड नम्बर ३ की महिला सदस्यकी बिजयी उम्मेद्धार तथा कार्यपालिका सदस्य कृष्णमाया भुजेललाई समेत जरिवाना तोकिएको छ । ३ नम्बर वार्डमा राप्रपाकी पराजित महिला सदस्य मिनाकुमारी पाठक, माओवादी केन्द्रकी पराजित महिला सदस्य लीला संग्रौला प्रसाई, प्रजातन्त्र पार्टीकी दलित महिला सदस्य कल्पना दर्जी, माओवादी केन्द्रकी कविता कामी, प्रजातन्त्र पार्टीका वार्ड सदस्य राजेन्द्र आचार्य, राप्रपाकै जंगबहादुर खत्री, नेकपा एसका प्रतिक राजवंशी र माओवादी केन्द्रका वार्ड सदस्य हिमाल ढकाललाई समेत जनही २ लाख जरिवाना निर्वाचन खर्च विवरण नबुझाएको भन्दै जरिवाना तोकिएको छ ।

यसैगरि कनकाई ४ मा समेत वार्डअध्यक्षका उम्मेद्धारहरु राप्रपाका केशव संग्रौला, माओवादी केन्द्रका सुरेश गुरुङ्ग लगायातलाई जनही २ लाख रुपैँया जरिवाना तोकिएको छ । यसैगरि कनकाई ५ मा समेत राप्रपाका भानुभक्त सिटौला लगायातलाई २ लाख रुपैँया जरिवाना तोकिएको छ । ६ नम्बर वार्डमा स्वतन्त्रका लक्ष्मीप्रसाद ओली, माओवादी केन्द्रका वडाअध्यक्ष रेवतबहादुर रेग्मी, प्रजातन्त्र पार्टीका दिलिपकुमार कार्की लगायातलाई जनही २ लाख रुपैँया जरिवाना तोकिएको छ ।

यसैगरि वडानम्बर ७ मा माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेद्धार दिलिप घतानी, राप्रपाका वडाअध्यक्षका उम्मेद्धार कृष्णप्रसाद उप्रेतीलाई जनही २ लाख जरिवाना तोकिएको छ भने वडानम्बर ८ मा समेत माओवादी केन्द्रका गणेश मगर, राप्रपाका छविलाल खतिवडा, र स्वतन्त्रका वडाअध्यक्षका उम्मेद्धारहरु रोषन राई र निराजन लुइटेलले खर्च विवरण नबुझाएको भन्दै जरिमाना तोकिएको छ । कनकाई नगरपालिका ९ नम्बर वार्डका स्वतन्त्रका उम्मेद्धार धर्मलाल राजवंशी, लोकतान्त्रिक समाजवादी पार्टीका वडाअध्यक्षका उम्मेद्धार खडगबहादुर राजंवशीलगायातले समेत खर्च विबरण नबुझाएर जनही २ लाख रुपैँया जरिवानामा परेका छन । यसरी कनकाई नगरपालिकामा मात्रै ८३ जना उम्मेद्धारले चुनावी खर्च नबुझाएका कारण जनही २ लाख रुपैँयादेखि ४ लाख ५० हजार सम्म जरिवाना तोकिएको छ ।