Kanakai Online

झापाली पत्रकारलाई मिथ्या सुचना पत्ता लगाउने तालिम


बिहिवार, भदौ ३०, २०७९ |

कनकाई अनलाईन
झापाली पत्रकारहरुका लागि एक दिने मिथ्या सुचना, समाचार लेखन र तथ्य जाँच सम्बन्धि आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
बुद्धशान्ति प्रेस क्लबले आयोजना झापाको बुधवारेमा भएको तालिम कार्यक्रममा झापाका ३० भन्दा बढि क्रियाशिल पत्रकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले पत्रकारहरूलाई निर्धक्क रूपले कलम चलाउन आग्रह गर्नुभएको छ । साथै प्रसाईले सञ्चारकर्मी र सञ्चारमाध्यमलाई गाउँपालिकाको तर्फबाट तालिम र क्षमता विकासका लागि सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभएको छ ।

बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष आयुष निरौलाको अध्यक्षतामा भएको कार्यक्रम माई संसार डटकमका सञ्चालक उमेश श्रेष्ठले समाचारमा तथ्यजाँच गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि रहेका बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले पत्रकारिता क्षेत्रमा देखिएका विकृति हटाउन पत्रकारहरू सक्रिय रुपमा लाग्नु पर्ने कुरामा जोड दिनुभययो । तालिमबाट पत्रकारको काममा मद्धत मिल्ने नेपाल पत्रकार महासंघका प्रदेश कार्यसमिति सदस्य लीलाराज झापालीले विश्वास व्यक्त गर्नुभयो । तालिम बुद्धशान्ति प्रेस क्लवका अध्यक्ष आयुस निरौलाको सभापतित्व तथा उपाध्यक्ष विष्णु लामिछानेको संचालनमा भएको थियो । तालिममा बुद्धशान्ति गाउँपालिका वार्ड नम्बर १ का वडाअध्यक्ष अनिल वाग्ले समेतको आतिथ्यता रहेको थियो ।