Kanakai Online

कारितास नेपालको पहलमा कनकाईले गर्यो युवा लक्षित घोषणा


शनिवार, भदौ २५, २०७९ |

जनक न्यौपाने
विगत दुई बर्षदेखि कनकाई नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारीका लागि संचालमा आइरहेको कारितास नेपालको सहयोगमा कनकाई नगरपालिकाले विभिन्न युवा लक्षित घोषणा गरेको हो । कारितास नेपालको आयोजनामा कनकाईका विभिन्न युवा र संघ संस्थाका प्रतिनिधिहरुलाई लागुऔषध, दुव्यर्सन सुरक्षित वैदेशिक रोजगारी र मानव बेचविखन विषयक कार्यक्रमपछि नगरपालिकाले प्रतिवद्धता जनाएको हो ।


जसमा कम्तीमा सार्वजनिक स्थान नगरपालिका, वार्ड कार्यालय र स्कुल कलेज वरिपरि एक सय मिटरभित्र रक्सी, चुरोट, र गुटखाजन्य पदार्थको पुर्ण रुपमा विक्री वितरणमा रोक लगाउने , सुरक्षित वैदेशिक रोजगारीका लागि नगरपालिकाले आफ्नै सट्वेयर निर्माण समेत गरि हेल्प डेक्सको समेत व्यावस्थापन गर्ने, नगरपालकाका युवालाई वैदेशिक रोजगारीमा जानुअघि कम्तीमा अभिमुकरण नगरपालिकाकै तर्फबाट प्रदान गर्ने , वैदेशिक रोजगारीमा गई समस्यामा परेका आफ्ना नागरिकलाई गुनासो सुन्नका लागि विभिन्न माध्यम खडा गरि उद्धार लगायातका काम गर्ने, महिला दिदी बहिनीहरुका लागि आत्मनिर्भर बनाउनका लागि विभिन्न तालिम र सीपको व्यावस्थ ागर्ने , नगरमै स्वरोजगारको श्रृजन ागर्नका लागि युवा स्वरोजगार मार्फत स्वरोजगारको श्रृजना गर्ने प्रतिवद्धता जनाएको छ । यसैगरि टोल विकास समितिको संयोजकत्वमा लागुऔषध दुव्यर्सनको विरुद्धमा सचेतना कार्यक्रम संचालन गर्ने बजार अनुगमनलाई प्रभावकारी बनाइने प्रतिवद्धता जनाइएको छ ।


प्रतिवद्धतामा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी , कनकाई नगरपालिकाका प्रशासकिय अधिकृत विवेक भडारी, कारितास नेपालका प्रादेशिक प्रबन्धक देवेन्द्र पोखरेल, सुरक्षित वैदेशिक रोजगारीका कार्यक्रम अधिकृत हिमालयन अधिकारी, कारितासका कनकाई नगर संयोजक विवेक शिवाकोटी लगायातले हस्ताक्षर गर्नुभएको छ ।