Kanakai Online

चर्चित लोक गायक शम्भु राई माओवादी केन्द्रबाट धनकुटाबाट सिफारिस


बिहिवार, भदौ २३, २०७९ |

कनकाई अनलाईन
चर्चित लोक गायक शम्भु राई धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रबाट समानुपातिकतर्फ सिफारिस हुनुभएको छ ।

धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर १० चुम्माङ्ग जन्मथलो रहेका राईलाई नेकपा ृमाओवादी केन्द्रेले सिफारिस गरेको हो । उहाँसँगै तीन व्यक्तिलाई समेत सिफारिस गरेको छ । त्यस्तै केन्द्रले प्रतिनिधि सभा प्रत्यक्षतर्फ युवा नेता हेमराज भण्डारीलाई चयन गरेको छ । भण्डारी २०७४ सालको धनकुटा एकबाट संविधान सभा सदस्यसमेत हुनुहुन्छ ।

नेकपा माओवादी केन्द्रले धनकुटामा बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । त्यस्तै केन्द्रले प्रदेश क र ख प्रत्यक्ष तर्फ ४,४ जना तथा समानुपातिकतर्फ ५,५ जना सिफारिस गरेको छ । गायक सम्भु राई मायाले मुल बाटो भुलेछ, चिठ्ठी तिमीलाई लेख्यौ भन्छु, खोटाड हलेसी लगायातका सयौ कालजयी लोकगित गाउँनुभएको छ ।

सम्बन्धित खबर