Kanakai Online

राप्रपामा बाबुछोरीकै एकल नाम सिफारिस भएपछि झापा ४ एमालेमा खैलाबैला


बिहिवार, भदौ २३, २०७९ |

कनकाई अनलाईन
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि झापाबाट बाबुछोरीकै एकल नाम उम्मेद्धारका लागि सिफारिस गरेको छ ।


भर्खरैमात्र एमाले पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेकी मोडल समेत रहेकी खुश्बु ओलीलाई झापा क्षेत्र नम्बर ४ का लागि प्रतिनिधिसभाका लागि र उनका बाबु श्यामसुन्दर ओलीलाई झापा क्षेत्र नम्बर ४ ख बाट प्रदेश सभाको लागि एकल नाम सिफारिस गरेको हो । बाबुछोरी गत स्थानीय निर्वाचनमा श्याम ओलीलाई कनकाई नगरपालिकामा मेयरको टिकट नदिएपछि एमाले पार्टी अध्यक्ष केपीशर्मा ओली र एमाले पार्टीसग विद्रोह गरेर राप्रपा प्रवेश गरेका थिए ।


श्याम ओली गत स्थानिय निर्वाचनमा समेत राप्रपाबाट कनकाई नगरपालिकाबाट मेयरका प्रत्यासी बनेका थिए । एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीसग पारिवारिक नाता समेत रहेका श्याम ओली केपी ओलीलाई काका नामले सम्बोधन गर्ने गर्नुहुन्थो । खुश्बु ओली मिस टिन नेपाल भएपछि चर्चामा आउनुभएकी मोडल हुनुहुन्छ ।


झापा क्षेत्र नम्बर ४ का राप्रपा सचिव दुर्गाप्रसाद भण्डारीले राप्रपाबाट सिनियर नेता भएकोले दुबै जनाको नाम उम्मेद्धार सिफारिस गरेको बताउँनुभयो । हाल राप्रपामा छोरी खुश्बु ओली पार्टीकी केन्द्रिय प्रशिक्षण विभागकी सदस्य तथा बुबा श्याम ओली पार्टीको केन्द्रिय सदस्य रहनुभएको छ ।


राप्रपाबाट झापामा एकल उम्मेद्धारी सिफारिसमा झापा क्षेत्र नम्बर ३ बाट पार्टी अध्यक्ष राजेन्द्र लिङदेन पनि पर्नुभएको छ । हाल एमाले र राप्रपा पार्टी देशभरनै निर्वाचनमा गठबन्धन गरेर जाने तयारी गरिएको छ । झापामा राप्रपाले कम्तीमा २ केन्द्रिय सांसदको दावी एमालेसग गरिरहेको र ओली बाबुछोरीकै एकल नाम समेत सिफारिस गरिएपछि झापा ४ एमाले नेताहरु त्नावमा रहेका छन । संघमा राप्रपाबाट खुश्बुको नाम सिफारिस भएपनि कम्तीमा झापा क्षेत्र नम्बर ४ ख मा खुश्बुको उम्मेद्धारी सुरक्षित गर्ने दाउ राप्रपाको रहेको छ ।

अक्सफोर्ड विश्वविद्यालय वेलायतकी विद्यार्थी खुश्बु युवा पुस्ताको भोट तान्ने हतियारका रुपमा राप्रपा र एमाले गठबन्धन दलको दाउ रहेको छ । यसकारण पनि नेकपा एमाले झापा ४ ख बाट हालका सांसद हिरा थापा लगायातले ठाउँ खाली गरेको एमाले उच्च स्रोतले कनकाई अनलाईनलाई बताएको छ । एमालेमा नेता छैनन भन्ने शन्देश नदिनका लागि हाल प्रदेश सांसदका लागि १५ जनाको नाम सिफारिस गरेर मिडियामा चर्चा बटुल्ने काम एमालेले गरेको बताइन्छ ।
फोटो मोडल खुश्बु र पिता श्यामसुन्दर ओली ।