कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ मा संघिय सांसदमा एमालेका झापा जिल्ला अध्यक्ष दिपक कार्कीले आफ्नो उम्मेद्धारी खडा गर्ने प्रयास असफल भएको छ ।
हालका संघिय सांसद एलपी साँबा लिम्बुलाई काउन्टर दिन दिपक कार्कीले आफ्ना नजिकका प्रतिनिधिहरु भक्त बानिया, मनोज ताम्ली र समपर्ण खतिवडा मार्फत झापा ४ मा आफ्नो दावी प्रस्तुत गरेका थिए । तर यसअघिनै उम्मेद्धारी दिने प्रतिनिधिले आफु स्वयम उपस्थिति हुनैपर्ने नियम राखिएको कारण कार्कीको उम्मेद्धारी दावी हुन भने पाएन ।
उम्मेद्धारी छनौटका लागि सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसमा पार्टीको बैठक बसेको थियो ।
बैठकमा कार्कीको उम्मेद्धारी दर्ज हुन नपाएपनि हालका सांसद एलपी साँबा लिम्बु सहित ५ जनाको दावी रहेको छ । कार्की २०६४ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर ६ बाट एमालेबाट निर्वाचित भएका थिए तर झापामा क्षेत्र घटाएर ५ मात्रै बनाएपछि उम्मेद्धारी दिन पाइरहेका थिएनन । झापामा क्षेत्र नम्बर १ मा घरी माओवादी त घरी रविन कोइरालाले आफ्नो प्रकडमा पार्दै आएका छन भने क्षेत्र नम्बर ५ ओलीको आफ्नै क्षेत्र हो जसकारण पनि कार्कीले आफ्नो स्पेश खोजिरहेका छन ।
यस झापा ४ बाट यसअघि २०७० सालको निर्वाचनमा हालका सांसद एलपी साँबा लिम्बुले कांग्रेसका जिउदो बाघ नामले चिनिने केशवकुमार बुडाथोकीसग २४० मतले चुनाव हारेका थिए । यसपछिको २०७४ सालको निर्वाचनमा साँबाले हालका कांग्रेस सभापति देउमान थेबेलाई १६ हजार ८ सय मतले पराजित गरेका थिए । त्यसवेला समेत एमालेका नेता अग्नि खरेलले सशक्त दावी यस क्षेत्रमा रहेको थियो । तर टिकट भने साँबाले पाएका थिए । यस पटक २०७९ साल मंसिर ४ गतेको निर्वाचनमा समेत पार्टीका जिल्ला अध्यक्ष कार्कीले आफ्ना सहयोगी कार्यकर्ता मार्फत शसक्त दावी पेश गरेका हुन तर कार्कीको दावी उम्मेद्धारी पेश गर्ने नेता स्वयम उपस्थिति हुनै पर्ने नियमका कारण वैठकबाटै अस्वीकृत भएको बैठकका एक जिम्मेवार नेताले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।
हाल झापा क्षेत्र नम्बर ४ मा एकल वा अन्यलाई सिफारिस गर्ने गरि तयारी जारी रहेको छ ।