शरणामती।कनकाई नगरपालिका-३ कनकाई टोल स्थित सडकमा दुर्घटनाको जोखिम बढेपछि कनकाई खेलकुद महासंघले सावधानी अपनाएको छ।कनकाई खेलकुद महासंघले कनकाई टोलको सडकको चौवाटोको बिचमा मिनि राउण्डबोर्ड निर्माण गरेर दुर्घटना न्यूनिकरणका लागि सावधानी अपनाएको हो।
गत साउन ४ गते यही दुर्घटना भएर झापा-६ का राजेश कार्कीको मृत्यु भएसँगै दुर्घटनाको जोखिम बढेको भन्दै महासंघले दुर्घटना न्यूनीकरणका लागि उपाय अपनाएको कनकाई महासंघका अध्यक्ष गोबिन्द सुबेदीले बताए।हामीले अपनाएको सावधानीले केही न केही दुर्घटना न्यूनीकरण हुने विश्वास लिएका छौ उनले भने चालकहरुले समेत यसमा ट्राफिक नियमको पालना गर्नुपर्ने हुन्छ।ह्युमपाइपद्वारा निर्मीत अस्थायी राउण्डबोर्डमा रङरोकन गरिने समेत उनले बताए ।
पत्रकार तथा स्थानीयबासी लीलाराज झापालीले यो सडक निर्माण सम्पन्न भएको सात दिन नबित्दै कार्कीको दुर्घटनाका कारण निधन भएको उल्लेख गर्दै युवाहरुले गरेको कामको प्रसंशा गरे ।
त्यस्तै स्थानीय सरोज मैनालीले सडक निर्माण गर्दा दुइतिरको सडक जोडिएको हुनाले दुर्घटनाको जोखिम अत्यन्तै भएकाले यतीले मात्र होइन स्थानीय सरकारले समेत समन्वय गरेर अझै सावधानी अपनाउन आग्रह गरे ।