कनकाई अनलाईन
स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा सेवा केन्द्र अन्र्तगतको १३ औ वार्षिक साधरणसभा बुधवार सुरुङ्गास्थित सेवा केन्द्रमा सम्पन्न भएको छ ।
कनकाई नगरपालिका ३ नम्बर वार्डका वार्डअध्यक्ष युवराज चम्लगाईको प्रमुख आतिथ्यतामा भएको साधरणसभामा कनकाई नगरपालिका क्षेत्रका उत्कृष्ट कारोबार गर्ने सदस्यहरु हेमकला गोयल, मुना सिटौला अधिकारी, शान्तादेवि अधिकारी र कमलप्रसाद थपलियालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै स्वर्णलक्ष्मी साकोसका सचिव वुद्धिसागर वरालले स्वर्णलक्ष्मी साकोसले हालसम्म गरेका प्रगतिका वारेमा प्रकाश पादै सहकारीले ऋण लगानी र बचत वाहेकका सामाजिक उत्तरदायित्वका कामहरु सुत्केरी राहत कार्यक्रम, मृगौला मुटु, क्यान्सर पिडित सदस्य राहत, प्राकृतिक प्रकोप राहत, सदस्य मृत्यु राहत कार्यक्रम, शल्यक्रिया उपचार सहयोग, सर्पदंश उपचार खर्च, सामुदायि विद्यालयका विद्यार्थीहरुका लागि पुरस्कृत लगायातका कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । संस्थाका सचिव वरालले सहकारीको शेयर सदस्य सङ्ख्या हाल ७ हजार ८ सय ९० जना रहेको कर्मचारी सङख्या ४९ जना रहेको समेत जानकारी दिनुभयो ।
साथै सहकारीले यस आर्थिक बर्षमा १ अर्ब २४ करोड भन्दा बढीको कारोवार गरेको र बचत निक्षेप तर्फ ६७ करोड भन्दा वढी रकम बचत गरेको र ११ करोड ९४ लाख ८४ हजार रुपैँया शेयर रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष युवराज चम्लगाईले साना साना पुजीलाई एकढिक्का बनाई स्वरोजगार श्रृजन ागर्न सहकारीको भुमिका महत्वपुर्ण भएको बताउँनुभयो । कार्यक्रममा सुरुङ्गा जेसिजकी अध्यक्ष सुष्मा न्यौपाने, भगवती साकोस सुरुङ्गाका दिनेस उप्रेती, दोमुखा साकोसका रमेश बाह्रकोटी लगायातले शुभकामना राख्नुभएको थियो । कार्यक्रम संस्थाका व्यावस्थापक कमल घिमिरेले संचालन गर्नुभएको थियो । दमकमा मुख्य कार्यालय रहेको यस सहकारी २०६६ सालमा स्थापना भएको हो भने हाल सहकारीका सुरुङ्गा सहित झिलझिले, गौरादह र मोरङ्गको उर्लावारीमा सेवा केन्द्र रहेको छ ।