Kanakai Online

कनकाईका विद्यार्थीलाई कारितासको सुरक्षित वैदेशिक रोजगारी र मानव वेचविखन विषयक अभिमुखीकरण


बुधवार, भदौ १५, २०७९ |

कनकाई अनलाईन
कारितास नेपालको आयोजना तथा कारितास जापानको आर्थिक सहयोगमा झापाको कनकाई नगरपालिका क्षेत्रभित्रका विद्यार्थीहरुका लागि एक दिने सुरक्षित वैदेशिक रोजगार स्थानीय पुर्नस्थापना र मानव वेचविखन विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।


तालिममा कनकाई नगरपालिका क्षेत्रका १३ विद्यालय तथा वाल संजालमा आवद्ध ४२ जना विद्यार्थीहरुलाई सुरक्षित वैदेशिक रोजगाारी तथा मानव वेचविखन सम्बन्धि प्रशिक्षण विविसी नेपाली सेवाका वरिष्ठ पत्रकार उमाकान्त खनालले प्रदान गर्नुभयो । कनकाई नगरपालिकाको समन्वयमा यस क्षेत्रमा विगत २ बर्षदेखि सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा कारितासले काम गर्दै आइरहेको छ । यसै कार्यक्रमको निरन्तताका लागि कारितासले यहाँका विद्यार्थीहरुका लागि एक दिने अभिमुखीकरण तालिमको आयोजना गरिएको कारितास नेपालका सुरक्षित वैदेशिक रोजगारी परियोजना कनकाईका प्रमुम विवेक शिवाकोटीले बताउँनुभयो ।


कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कारितास नेपालका प्रादेशिक प्रबन्धक देवेन्द्र पोखरेल, कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई, कनकाई नगरपालिकाका वालकल्याण अधिकारी उमानाथ ढकाल, कारितास नेपालका परियोजना अधिकृत हिमालयन अधिकारी लगायातको आतिथ्यता रहेको थियो ।
सुरुङ्गाको होटल क्वीनमा आयोजित कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले विदेशमा सिकेर आएका ज्ञानसीपलाई नगरमै प्रयोग गर्न चाहने युवालाई नगरले स्रोत र तालिम दिने बताउँनुभयो । स्वदेशमा के हुन्छ र भन्ने भावना त्याग्नका लागि समेत यस्ता कार्यक्रमबाट मद्धत मिल्ने नगरउपप्रमुख शिवाकोटीको भनाई थियो ।


कार्यक्रममा बोल्दै कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाईले कारितासबाट सिकेका ज्ञानसीपलाई घरगाउँमा गएर अरुलाई बाढन विद्यार्थीलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमका परियोजना अधिकृत हिमालयन अधिकारीले हालसम्म कनकाई नगरपालिका क्षेत्रमा मात्रै यस सुरक्षित वैदेशिक रोजगारी परियोजना अन्र्तगत वैदेशिक रोजगारीबाट फर्केका ३६ जनालाई नयाँ व्यावसाय सुरुवात गर्नका लागि आर्थिक सहयोग गरिसकेको र ७० जनाभन्दा वढी कारितासबाट तालिम लिएर व्यावसायमा फर्किएको जानकारी दिनुभयो । भरसक युवालाई वैदेशिक रोजगारीमा नजाउन जानैपर्ने भए आवश्यक सीप सिकेर र विदेशका वारेमा सबैकुराको जानकारी राखेर मात्रै वैदेशिक रोजगारीमा जाउँन भन्नका लागि यो परियोजना सुरुवात गरिएको अधिकारीले बताउँनुभयो ।


कनकाई वाल संजालका अनुप भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन विवेक शिवाकोटीले गर्नुभएको थियो । कार्यक्रममा कनकाई नगर वाल संजालका अध्यक्ष अभिषेक मिश्र लगायातको उपस्थिति रहेको थियो । सहभागिलाई विविसी नेपाली सेवाका वरिष्ठ पत्रकार उमाकान्त खनालले सुरक्षित वैदेशिक रोजगारी र मानव वेचविखनका वारेमा प्रशिक्षण दिनुभएको थियो ।