कनकाई अनलाईन
गत स्थानिय निर्वाचनमा लोकप्रिय मत ल्याएर चर्चित बनेको कनकाई स्वतन्त्र नागरिक समुहको वडागत समिति निर्माणलाई तीव्रता दिएको छ ।
नजिकिदो निर्वाचनसगै यो समुहले कनकाईका सबै वार्डमा आफ्नो वडागत उपस्थिति दर्विलो बनाउदै लगेको छ । लोकप्रिय नेता शेरबहादुर थापाको नेतृत्वमा रहेको यो समितिको हालैमात्र कनकाई नगरपालिका ५ को वडागत समिति गठन गरेको छ ।
मनहरि रिजालको संयोजकत्वमा गठित ११ सदस्यीय समितिको उपाध्यक्षतामा सैलेन्द्र बिमली र खडग चापागाई, सचिवमा मदन खरेल,सहसचिवमा रुद्र कार्की र कोषाध्यक्षमा सुमिना गौतम रहनुभएको छ भने सदस्यहरुमा शान्तिराम गौतम, राइदिन मिया, रामप्रसाद तिम्सिना, विष्णुप्रसाद ओली र देविप्रसाद आचार्य रहनुभएको छ ।
कनकाई नगरपालिका ५ तुलसीवारी चौकमा भएको कार्यक्रममा कनकाई नगरपालिका स्वतन्त्र नागरिक समुहका संयोजक शेरबहादुर थापाको उपस्थितिमा समिति गठन गरिएको समाजका दिनानाथ खतिवडाले बताउँनुभयो । यसअघि कनकाई नगरपालिकाको अन्य वार्डहरुमा समेत वार्डस्तरीय समिति गठन गरिसकिएको छ ।