Kanakai Online

बिर्तामोडका अस्पतालको फोहोर विरिङ नदिमा विर्सजन


मङ्गलवार, भदौ ७, २०७९ |

कनकाई अनलाईन
विर्तामोडका विभिन्न अस्पतालले अस्पतालमा उत्पादित फोहोरहरु विरिङ नदिको पुलबाट खोलामा फालेपछि नदि प्रदुषित भएको छ ।


रातीको समयमा विर्तामोडको कनकाई अस्पताल, मनोमोहन अस्पताल र विभिन्न आखा अस्पतालबाट उत्पादित फोहोर तथा सिरिन्जजस्ता बस्तुहरुलाई सोधै नदिमा ल्याएर फाल्ने गरेपछि नदि प्रदुर्षित बनेको छ भने नदिका आसपासका स्थानीय समेत मर्कामा परेका छन ।


खोलामा मानिस हिडदा तथा गाईवस्तुलाई पानी खुवाउदा समेत अस्पतालका सिरिन्ज गाडिने भय भएको स्थानीय अगुवा शेरबहादुर थापाले बताउँनुभयो । यसवारेमा सचेत नागरिकको तर्फबाट जिल्ला प्रशासन कार्यालय झापालाई समेत जानकारी गराइसकेको थापाले बताउँनुभयो ।
यता कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिका ७ र ९ मा पर्ने उक्त विरिङ नदिमा अस्पतालका फोहोर फ्याकिएको पाइएको बताउँनुभयो ।

अस्पतालको फोहोर नदिजस्तो पवित्र स्थलमा फाल्ने काम जघन्य अपराध कर्म हो हामीले ती सम्बन्धित अस्पताललाई जेजस्तो अवस्थामा छ उठाउन निर्देशन दिइसकेको छौ २४ घण्टाभित्र नउठाए एक्शनमा जान्छौ नगरप्रमुख पोखरेलले गोरखापत्र दैनिकलाई बताउँनुभयो ।
केहि हप्तादेखि बिर्तामोड नगरपालिका र फोहोर फाल्ने स्थानका स्थानीयविच विवाद हुदा बिर्तामोड नगरपालिकाको फोहोर फाल्ने काम स्थगित हुदै आएको थियो । यसविचमा बिर्तामोड नगरपालिका क्षेत्रका अस्पतालको फोहोर छिमेकी कनकाई नगरपालिकाको विरिङ नदिमा फालिएको पाइएको हो ।

सम्बन्धित खबर