कनकाई अनलाईन
कनकाई नगरपालिकामा रहेका माओवादी केन्द्रमा रहेका नेताहरु धमाधम माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेको भन्दै मिडियाबाजी र सामाजिक संजालमा प्रचार गरि एमालेका नेताहरुले आफ्नो चरित्र हत्या गरेको भन्दै माओवादी केन्द्रका नेताहरुले आपत्ति जनाएका छन ।
नेकपा माओवादी केन्द्रका कनकाई नगर सदस्य कृष्णप्रसाद सिटौला, नगर सदस्य देवेन्द्र गहतराज र कनकाई नगर वार्ड नम्बर १ का वडाकमिटी सहसचिव पहलमान विश्वकर्माले आज एक विज्ञप्ति प्रकाशन गर्दै आफुहरुलाई एमालेका नेताहरुले जवरजस्ती पार्टी प्रवेश भन्दै फेसबुक र अनलाईन मिडियामा प्रचार गरि चरित्र हत्या गरिदिएको बताएका हुन । एमालेका जिल्ला अध्यक्ष दिपक कार्कीले सुरुङ्गाको होटल डिलाईटमा माओवादीका सबै नेता एमालेमा प्रवेश गरेको भन्दै एमालेकै नेताहरुले फेसबुकमा फोटो शेयर गरेका थिए ।
यसबाट आफ्नो चरित्र हत्या भएको माओवादी नेताहरुको भनाई छ । उक्त एमालेको नियमित बैठकबाट माओवादी केन्द्रका वडानम्बर १ का पुर्व वार्ड कमिटी अध्यक्ष दलबहादुर विश्वकर्मा र माओवादीका भुमिगत कालका जिल्ला नेता तपनकुमार मण्डल भने एमाले पार्टी प्रवेश गरेका थिए । मण्डल विगत १० बर्षदेखि माओवादी पार्टीमा निक्रिय रहेका थिए भने दलबहादुर विश्वकर्मा भने हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीका नेताहरुले आर्थिक प्रलोभनमा परेर स्वतन्त्रका उम्मेद्धारसग चुनावी तालमेल गरेको गम्भिर आरोप लगाउदै आएका थिए । उनले यसवारेमा छानविनको माग गर्दै पार्टीमा राजीनामा समेत बुझाएका थिए ।
यसवारेमा कनकाई माओवादीका कनकाई नगर अध्यक्ष यामनाथ सेडाईले पार्टी छाडनु आफ्नो व्याक्तिगत कुरा भएपनि कनकाईमा पार्टी वत्ती वालेर खोज्नुपर्ने भन्ने हास्यपद भनाई भएको बताउँनुभयो । एमालेका माधव नेपाल, बामदेव गौतम, झलनाथ खनालजस्ता हस्तीले पार्टी छाडदा के एमालेमा वत्ती वाल्नु परेको छर भन्दै पार्टी छाडनेहरुलाई शुभकामना छ भन्नुभएको छ । यता पार्टी छाडेका पुर्व माओवादी नेता दलबहादुर विश्वकर्माले आफु कनकाईका केहि नेताहरुको कारण मात्रै पार्टी छाडन बाध्य भएको बताउँनुभएको छ ।
मलाई माओवादीको निति मन नपरेर भन्दा पनि कनकाईका सिमित पार्टी नेताको भनाई र गराईमा आकाश पत्तालको फरक पाउदा पार्टी छाडेको हो मैले यसवारेमा पटक पटक निवेदन दिदा पनि कुनै सुनुवाई नहुदा बाध्य भएर पार्टी छाडेको हु विश्वकर्माले कनकाई अनलाईसग भन्नुभयो । बाकी विज्ञप्ति जस्ताको त्यस्तै ..