कनकाई अनलाईन
सुरुङ्गा । कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेर आउने विरामीको सङ्ख्या अघिल्लो बर्षको तुलनामा २८ जनाले बढेको छ ।
अघिल्लो बर्ष यस सर्पदंशमा २०७ जना विरामी सर्पले टोकेर उपचारका लागि ल्याइएको सहारा सर्पदंश उपचार केन्द्र सुरुङ्गाका स्वास्थ्य प्राविधिक अभिषेक पोखरेलले बताउँनुभयो । यस अवधिमा १४ जनालाई मात्रै बिशालु सर्पले टोकेको थियो । जसमा २ जनालाई उपचारका लागि अन्यत्रै रेफर गरिएको र दुई जना भने मृत्यु भइसकेपछि मात्रै सर्पदंशमा उपचारका लागि ल्याइएको समेत पोखरेलले बताउँनुभयो ।
अघिल्लो बर्षमा यस सर्पदशंमा १७९ जनालाई उपचारका लागि ल्याइएको पोखरेलले बताउँनुभयो । यो सङ्ख्या यस बर्षको भन्दा २८ जनाले कमि हो । यस सर्पदशंमा नेपालको छिमेकी देश भारतको विहार राज्यबाट समेत विरामी उपचारका लागि ल्याइने गरेको छ । झापा र छिमेकी जिल्ला इलाम बाट समेत विरामी उपचारका लागि आउने गरेका छन । झापामा सुरुङ्गा सहारा उपचारकेन्द्र सहित नेपाली सेनाको चारआली व्यारेक, कचनकवल र दमकमा सर्पदंश उपचार केन्द्र संचालनमा रहेको छ । यी मध्ये आइसियु सहितको उपचारकेन्द्र भने सुरुङ्गामा संचालनमा रहेको छ ।
सर्पले टोक्नसाथ भरसक सर्पको पहिचान गर्ने र नगरिएपनि जतिसक्दो चाडो उपचार केन्द्रमा जाने गर्नुपर्ने कनकाई सहारा सर्पदंश उपचार केन्द्रका प्राविधिक पोखरेलको भनाई छ । विशालु सर्पले टोकेमा केहि घण्टामै मानिसको मुत्यु हुने समेत पोखरेलले बताउँनुभयो । खासमा गर्मी र बर्खा याममा सर्प आहाराको खोजीमा बाहिर निस्कने हुदा राती हिडदा उज्यालो बत्तीको प्रकाशमा हिडने, झाँडीमा काम गर्दा जुक्ता लगाउने र सर्तक भएर काम गर्ने, राती झुल लगाएर सुत्ने र भुईमा नसुत्ने गर्न समेत सबैमा पोखरेलले अनुरोध गर्नुभयो ।