कनकाई अनलाईन
काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनको उर्बर भूमि मनिने झपामा अधिकाँस स्थानमा कम्युनिष्ट पार्टीको बर्चश्व रहेको छ । ५ निर्वाचन क्षेत्र रहेको झापालाई अझै पनि कम्युनिष्ट किल्लाका रुपमा लिईन्छ । त्यसमा पनि झापा विद्रोहका मूल नेतृत्वको गृहजिल्ला रहेको झापामा ०४८ पछिका निर्वाचनमा कमम्युनिष्ट पार्टीले नै आफ्नो बर्चश्व कायम राख्दै आएको छ । तर यसपटको निर्वाचनमा झापामा हुने त्रिकोणात्मक भिडन्तमा राप्रपा निर्णायक मतमा रहेका कारण कसले बाजी मर्छ भन्न सक्ने अवस्था रहेको छैन ।
राप्रपाको बलियो उपश्थिति रहेको दमक नगरपालिका राप्रपाका उम्मेदवार राम थापाले जितेका थिए । स्थानीय चुनावमा अन्य स्थानमा एमाले र राप्रपाबीच तालमेल भएपनि झापामा भने राम थापाले सत्ता गठबन्धनसँग तालमेल गरेका थिए । प्रदेश र संघको चुनावमा अध्यक्ष राजेन्द्र लिङदेनको चाहाना अनुसार झापामा एमाले राप्रपा तालमेल हुन्छ कि स्थानीय तहमा बलियो पकड बनाएका दमकका मेयर राम थापाको गठबन्धनसँग मिल्ने मत निर्णयक हुन्छ रु यही विषय टुंगिएसँगै झापा ५ मा ओलीको हार वा जितको टुंगो लाग्ने स्थानीय विश्लेषकहरु बताउँछन् ।
गठबन्धनका कारण पनि एमालेलाई झापामा ठूलै चुनौती रहेको अवस्थामा राप्रप सँग निर्णायक मत हुँदा झापामा यो पटक एमालेलाई ठुदलै क्षति पुग्ने आकलन गर्न थालीएको छ । यस पटकको निर्वाचनमा एमालेले झापामा अस्तित्वको लडाइँ लड्न गाह्रै रहेको प्रष्ट भएको छ । एकातिर सत्ता गठबन्धनका काँग्रेस र माओवादी केन्द्र अर्कारित एमाले प्रतिस्पर्धामा देखिएका छन् । राप्रपा गठबन्धनमा मिल्दा ओली हार्ने र एमालेसँग मिल्दा गठबन्धन हार्ने अवस्था आउन सक्ने देखिएको छ । त्यसैले राप्रपालाई झापामा कसै न कसैले अंगाल्नुपर्ने बाध्यता देखिन्छ । अघिल्लो संघीय चुनावमा अध्यक्ष ओलीले राप्रपाकोसमेत भोट लिएर काँग्रेसका उम्मेदवारलाई फराकिलो अन्तरमा हराएका थिए ।
राप्रपाले यसपटक समानुपातिकमा थ्रेसहोल्ड कटाउन सक्छ, तर त्यसका लागि प्रत्येक्षमा कम्तीमा एक सिट जित्नुपर्छ । राप्रपामा प्रत्येक्ष चुनाव जित्न सक्ने पहिलो नम्बरमा अध्यक्ष लिङ्देन नै छन्न् । त्यसैले उनले एमाले वा गठबन्धनसँग तालमेल गर्नुपर्ने बाध्यता हुन्छ । लिङ्देनले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे पनि कुनै सहमति भएको छैन । तर, झापाको चुनावी गणितले राप्रपा जो सँग मिल्छ राप्रपाले एक सीट सुनिश्चित गर्छ अरु बाँकी ४ सिट अन्यलाई जित्ने सुनिश्चित हुन्छ भन्ने देखिन आउँछ । सत्तारुढदल सहित डा। बाबुरामभट्टराईको नेतृत्वमा र हेको दल र बामदेबको नेतृत्वको नेकपा एकता अभियान सहितको ७ दलिय गठबन्धनका कारण पनि झापामा एमालेलाई ठुलो चुनौती थपिएको छ । झापाका कुन क्षेत्रमा के छ त अवस्था ?
झापा–१ गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनले यहाँ वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतमा एमाले सबैभन्दा अगाडि देखिएको भए पनि एमालेलाई यहाँ जित हाँसिल गर्न धौ धो रहेको छ । उसका वडाध्यक्षका उम्मेदवारहरूले ३१ हजार २३२ मत ल्याउँदा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २४ हजार ५९ पाएका छन् । यस्तै गठबन्धनकै अन्य दलहरू माओवादी ३ हजार ९०५ र नेकपा एसले १ हजार २५२ मत पाएका छन् । गठबन्धनका दलको जोडफल २९ हजार २१६ रहेको छ भने यहाँ राप्रपाका वडाध्यक्षका उम्मेदवारले ५ हजार ९२२ मत बटुलेका छन् । यदि राप्रपाले एमालेलाई साथ नएिको खण्डमा एमाले यहाँबाट पत्तासाफनै हुने देएिको छ ।
झापा–२ यहाँ पनि राप्रपा नै निर्णायक देखिएको छ । एमाले र सत्तारूढ गठबन्धनको ब्याटल हुँदा एमाले हाबी देखिन्छ । एमाले वडाध्यक्षका उम्मेदवारहरूले ३६ हजार ३९६ मत बटुल्दा कांग्रेसका उम्मेदवारहरूले ३२ हजार ६७२, माओवादी केन्द्रका उम्मेदवारहरूले २ हजार ४३७, जसपाका उम्मेदवारहरूले ५०६ र नेकपा एसका उम्मेदवारहरूले १७३ मत बटुलेका छन् । सत्तारूढ गठबन्धनका उम्मेदवारहरूको योगफल ३५ हजार ७८८ हुन आउछ । जुन एमालेका उम्मेदवारभन्दा ६०८ मत कम हो । यहाँ राप्रपाका वडाध्यक्षका उम्मेदवारहरूले ९ हजार ५३१ मत पाएका छन् । यसकारण यो मत जता जान्छ उसेको जित निश्चित भएको छ । झापा ३ अहिलेको स्थानीय तह निर्वाचनले यहाँ एक्ला एक्लैमा कांग्रेस बलियो देखिएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २५ हजार ९४९ मत बटुल्दा दोस्रोमा राप्रपा छ । जसका वडाध्यक्षका उम्मेदवारहरूले २१ हजार १५९ मत पाएका छन् । यस्तै तेस्रोमा एमालेको २१ हजार ८५मत, चौथोमा माओवादी केन्द्रको ६ हजार ६८८ मत, पाँचौमा जसपाको ५३७ मत, छैठौंमा लोसपाको २०८ मत र नेकपा एसको १२ मत छ ।
एक्ला एक्लै लड्दा यसपटक यो क्षेत्रमा लिङदेनमाथि सिटौला हाबी हुने देखिन्छन् । झन् गठबन्धनको साथ हुँदा उनी जीतकै नजिक हुन्छन् । तर, जोखिम त्यो बेला हुन्छ, जब एमालेले लिङ्देनलाई सघाउँछ । एमाले र राप्रपाको मत जोड्दा यहाँ ४२ हजार २४४ हुन्छ भने सत्तारूढ गठबन्धनको ३३ हजार १८६ मतमात्रै हुन्छ । यसकारण सिटौला फेरी जोखिममा पर्छन् । झापा–४ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतअनुसार यहाँ पनि राप्रपा नै निर्णायक देखिएको छ । यहाँ एमालेका उम्मेदवारले ३१ हजार २७२ मत, कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार १६५ मत, माओवादी केन्द्रका उम्मेदवारले ६ हजार ३८२ मत, राप्रपाका उम्मेदवारले ४ हजार ५५६ मत, नेकपा एसका उम्मेदवारले ७०२ मत, लोसपाका उम्मेदवारले २४८ मत र जसपाका उम्मेदवारले ११० मत पाएका छन् । यो आँकडाअनुसार राप्रपा एमाले वा गठबन्धन जता मिल्छ उतैको समीकरण हाबी हुने निश्चित छ । झापा–५ यो एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो । स्थानीय तहको निर्वाचनको नतिजा अनुसार यहाँपनि राप्रपा नै निर्णायक देखिएको छ ।
यसपटकको समीकरण अनुसार एमाले एक्लैको ४१ हजार ६१९ मत छ । यस्तै सत्तारूढ गठबन्धनका कांग्रेसको २२ हजार २२, माओवादी केन्द्रको १० हजार ७८८ र नेकपा एसको १ हजार ९८८ मत छ । यसरी सत्तारूढ गठबन्धनका दलहरूको ३४ हजार ७९८ मत हुन्छ । जुन एमालेभन्दा ६ हजार ८२१ मत कम हो । यहाँ राप्रपाको ८ हजार ३५३ मत छ । जुन सत्ताहरूढ गठबन्धनमै मिसिन पुगे अध्यक्ष ओलीलाई पनि चुनौति हुन्छ । झापा ५ मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता रञ्जित तामाङले उम्मेदवारी दिने सम्भावना बढेको छ । गठबन्धनको चुनाव तयारी कार्यदलमा समेत यस विषयले प्रवेश पाईसकेको छ । अध्यक्ष ओलीलाई चुनौति दिन अहिलेको माग अनुसार नयाँ र युवा नेतृत्व आवश्यक परेको ठहर कार्यदलले गरेको छ । सोही अनुसार अखिल क्रान्तिकारीका नि वर्तमान अध्यक्ष रञ्जित तामाङ राप्रपासहित गठबन्धनको साझा उम्मेदवार बनेमा उनी ओलीलाई फलामको च्यूरा सरह हुने स्थानीय नेताहरु बताउँछन् ।


