Kanakai Online

डाक्टर केसीद्धारा कनकाई क्याम्पसको पत्रिका कनकाई सन्देश लोकार्पण


बुधवार, भदौ १, २०७९ |

कनकाई अनलाईन
कनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीद्धारा लोकापण गरिएको थियो ।
पत्रिका लोकापण गर्दै राजनैतिक विश्लेषक डाक्टर केसीले नागरिकता विधेयकबाट नागरिक विभाजित हुनु देश विखण्डनमा जाने पहिलो संकेत भएको बताउँनुभयो । भाषा, सस्कृति र जातिको कारण धेरै मुलुक टुक्रिएको उदाहरण केसीले प्रस्तुत गर्नुभयो ।

यता काठमाण्डौ लगायातका शहरमा फोहोर थुप्रिरहेको वारेम बोल्दै डाक्टर केसीले घर आगन र कोठा सफा हुनुपर्ने तर बाटो सडक जतिसुक्कै फोहोर भएपनि हुने विकृत मानसिकताले घर गरेको बताउँनुभयो । यता मुलुक फिजी र श्रीलंका बन्ने हल्ला चलिरहेको वारेमा वोल्दै केसीले अझैपनि सहि नेतृत्व पाएमा यी दुबै मुलुक नेपाल नबन्ने भन्दै नेपाल देश नेपालनै रहने समेत बताउँनुभयो । सोही कार्यक्रमका विच राजनैतिक विश्लेषक केसी सहित सामाजिक व्याक्तित्व शेरबहादुर थापा, साहित्यकार मित्रप्रसाद दाहाल, कनकाई बहुमुखी क्याम्सका अध्यक्ष प्रकाश चुडाल, क्याम्पस प्रमुख विकास उप्रेती, साहित्यकार प्रेम प्रभात लगायातले विद्यार्थीहरुद्धारा प्रकाशित उक्त पत्रिकाको विमोचन गर्नुभयो ।
पत्रिकाको समिक्षा प्राध्यापक शेरबहादुर वानियाले गर्नुभएको थियो । प्राध्यापक कुमार पाठकको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार मित्रप्रसाद दाहाल, ज्ञानराज सुवेदी, प्रेम प्रभात, लगायातले आआफ्नो रचना वाचन र मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन विद्यार्थी दिक्षा न्यौपानेले गर्नुभएको थियो ।

सम्बन्धित खबर