Kanakai Online

सुरुङ्गेली युवा मिलन कट्टेलले पाए यत्रो ठुलो जिम्मेवारी


सोमवार, साउन ३०, २०७९ |

कनकाई अनलाईन
नेकपा एमाले निकट राष्ट्रिय श्रम तथा रोजगार विभागको उपप्रमुखमा झापा सुरुङ्गाका युवा नेता मिलन कट्टेलले जिम्मेवारी पाएका छन । उनी लामो समयदेखि वैदेशिक रोजगारी व्यावसायमा समेत आवद्ध छन हाल उनी पार्टी कामको सिलसिलामा कतारमै रहेका छन । उपप्रमुखको जिम्मेवारी पाएसगै कट्टेलले युवालाई भरसक नेपालमै स्वरोजगार बनाउने र विदेश जानैपर्ने भएमा सीप सिकेर मात्रै जानका लागि अभिप्रेरित गर्ने बताउँनुभयो । यसैगरि श्रम तथा रोजगार विभागको प्रमुखमा प्रतिक श्रेष्ठलाई पार्टीले चयन गरेको छ ।


यता एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले मातहतका कमिटीहरूलाई महाधिवेशन आयोजक कमिटीका निर्णयहरू कार्यान्वयन गर्न विशेष सर्कुलरु जारी गरेको छ ।
जारी गरेको सर्कुलरमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको साउन १४–१५ गते काठमाडौंमा सम्पन्न बैठकले विभिन्न ११ निर्णय गरेको थियो ।

सर्कुलरअनुसार, प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याइएको छ भने ४ सय ९१ सदस्यीय केन्द्रीय कमिटीमा नेताहरूको कार्यविभाजन पनि गरिएको छ ।

सम्बन्धित खबर